निजी विमानले उडान नभर्दा हुम्लामा उपभोग्य वस्तु र निर्माण सामग्री अभाव

सिमकोट – सडक यातायता नजोडिएको उत्तरी हुम्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव भएको छ। निजी विमान कम्पनीहरुले हुम्लामा उडान नगर्दा यहाँ उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव चुलिएको हो। त्यस्तै सर्वसाधारण कामको सिलसिलामा जिल्ला बाहिर जानबाट बञ्चित हुनुपरेको छ। स्थानीय राजे रावतले केही दिनदेखि हुम्लामा तरकारी, फलफूल, माछामासुलगायतका उपभोग्य वस्तुको अभाव बढेको जानकारी […]

सम्बन्धित सामग्री

लगातारको झरीका कारण अवरुद्ध  हुम्लाको हवाई उडान ५ दिनपछि सञ्चालन

सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताए। बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ । नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो । उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।रासस

एक दिनको बाटो चार घण्टामा छोट्टियो

दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ । सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन् । बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ । ...

खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि केही खुकुलो पारिएको छ । सरकारको निर्देशनअनुसार स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरूले निषेधाज्ञा खुकुलो पारेका हुन् । पछिल्ला दिनहरूमा कोरोनाको परीक्षण नै कम हुन थालेकाले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण पुनः बढ्न हो कि भन्ने त्रास पनि छ । वीरगञ्जमा यसअघि बिहान १० बजेसम्म अत्यावश्यकीय वस्तुका पसल खोल्न दिइएकोमा यो समयलाई बढाएर १२ बजेसम्म पुर्‍याइएको छ । बारामा यो समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उत्पादन र उपकरणका पसल खोल्न दिइने भएपछि त्यस्ता उत्पादन र सेवाको आपूर्ति सहज हुने भएको छ । उत्पादन र आपूर्तिका मुख्य क्षेत्रमा निषेधाज्ञा सहज हुँदै गएपछि व्यापारिक गतिविधिले गति समात्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको विश्वास छ । कोरोना संक्रमण घटेपछि निषेधाज्ञालाई खुकुलो बनाइएको हो । कोरोना संक्रमण नियन्त्रण भए पनि उद्योग व्यापारका गतिविधि पहिलेकै लयमा फर्किन भने कम्तीमा २ महीना लाग्ने अध्यक्ष गुप्ता बताउँछन् । अहिले खाद्यान्न र औषधिबाहेकका अन्य उद्योग करीब बन्द अवस्थामा रहेको गुप्ताले बताए । ‘कच्चा पदार्थको ढुवानी र उत्पादनमा समस्या छैन । तर, उत्पादन भएको मालसामान बजारमा बेच्न सकिएको छैन,’ उनले आर्थिक अभियानसित भने, ‘उत्पादन गोदाममा थन्क्याउनुभन्दा कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् ।’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले निषेधाज्ञाका कारण बारा–पर्सा कोरिडोरका ६० प्रतिशत उद्योगको उत्पादन बन्द भएको दाबी गरे । ‘अत्यावश्यकीय उत्पादनबाहेक अन्यको उत्पादन नै बन्द छ । अत्यावश्यकीय वस्तुका उत्पादक पनि पूरा क्षमतामा चल्न पाएका छैनन्,’ अध्यक्ष लाठले भने ‘उत्पादन बजारमा पुर्‍याउन सकिने अवस्था नभए बन्द गर्नुको विकल्प छैन ।’ बजार र यातायात नखुलेसम्म उद्योग व्यापारले गति लिन नसक्ने तर्क लाठको छ । एक सातायता कामदारहरू काममा फर्किन थालेको उनले बताए । ‘कामदारको आपूर्ति भने केही सहज भएको छ । कोरोना नियन्त्रणमै रह्यो र निषेधाज्ञा खुकुलो भए बिथोलिएको व्यापारिक गतिविधि लिकमा आउँछ,’ उनले भने, ‘यसका लागि समय भने लाग्छ ।’ अधिकांश औद्योगिक र व्यापारिक प्रतिष्ठान सञ्चालन पूँजीको समस्यामा फसेको संघका अध्यक्ष गुप्ताले बताए । सवारी र बजार सुचारु नभएकाले बजारबाट उधारो असुली नभएको र यसले उद्यमलाई सञ्चालन गरिराख्न समस्या भएको उनले बताए । औद्योगिक र व्यापारिक गतिविधिमा आएको कमीको असर भन्सारबाट भित्रिने मालसामानको परिमाणमा पनि देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अधिकांश व्यापारिक वस्तुको आयात घटेको जानकारी प्रमुख भन्सार अधिकृत पौडेलले दिए । पौडेलका अनुसार निषेधाज्ञायता लगाउने र खाने वस्तु, जुत्ता, चप्पल, मोटर्स पार्टस्, उकरण, पेन्ट उद्योगका सामग्री, सवारीसाधन, इन्धनलगायतको आयातमा कमी आएको छ । पछिल्ला दिनमा संक्रमण घटेको देखिए पनि निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमण बढ्ने त्रास पनि छ । परीक्षण नै कम भएकाले संक्रमण कम देखिएको हो कि भन्ने आशंका अध्यक्ष गुप्ताको छ । पुनः संक्रमण बढेमा यसले आर्थिक र सामाजिक दैनिकीलाई थप समस्यामा पार्ने डर नहटिसकेको उनले बताए । ‘निषेधाज्ञा सहजीकरण गर्दा परीक्षणको दायरालाई पनि फराकिलो पार्नुपर्छ । यसमा आवश्यकताजति ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

कोरोना संक्रमण बढेपछि कास्कीमा थपियो निषेधाज्ञा

जेठ ६, कास्की । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।  प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गतेदेखि लागू हुने गरी १४ गतेसम्म थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/ एक साता थप गर्दै आएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार  निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नुपर्ने छ ।  त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा पाँच जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी राखेर एक चौथाइ शाखामात्र खोल्न तथा निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन् ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाका आधारमा बिहान १० बजेदेखि साढे तीन बजेसम्म आवतजावत गर्न सक्ने छन् ।

स्तरोन्नति गर्ने सिद्धिचरण लोकमार्ग बन्द गर्दा सोलुखुम्बुमा चर्को मूल्यवृद्धि

सोलुखुम्बु : ढुवानी समस्याले सोलुखुम्बुका माथिल्लो क्षेत्रमा खाद्यान्न र पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भएको छ। ढुवानीमा अवरोध भएको कारण देखाएर व्यापारीले कालोबजारी समेत गर्न थालेको उपभोक्ताको गुनसो छ। दैनिक उपभोग्य वस्तु दाल, चिनी, चामल, नुन, तेल सबैको मुल्य बृद्धि भएको छ। यस्तै, निर्माण सामग्री जिल्लाका स्टोरमा सकिएको व्...