कोरोना संक्रमण बढेपछि कास्कीमा थपियो निषेधाज्ञा

जेठ ६, कास्की । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।  प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गतेदेखि लागू हुने गरी १४ गतेसम्म थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/ एक साता थप गर्दै आएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार  निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नुपर्ने छ ।  त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।  सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा पाँच जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।  उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी राखेर एक चौथाइ शाखामात्र खोल्न तथा निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन् ।  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाका आधारमा बिहान १० बजेदेखि साढे तीन बजेसम्म आवतजावत गर्न सक्ने छन् ।  

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेपछि साङ्घाईमा व्यापक निषेधाज्ञा जारी

चीनको साङ्घाइमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्या ह्वात्तै बढेपछि जारी निषेधाज्ञालाई थप बिस्तार गरी पूरै शहरमा लागु गरेको छ । साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो । साङ्घाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी …

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्

कोरोना संक्रमण बढेपछि बागलुङका स्थानीय तहद्वारा पुनः कडाइ

साउन १२, बागलुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना संक्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् ।  जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई मंगलवारदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना संक्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिइएको छ । जैमिनीका नगरप्रमुख एवम् प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमवार बसेको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले दिने अति जरुरी बाहेकका सेवा पनि आउँदो १८ गते सम्मलाई बन्द गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुरा, विद्यालय, यातायातलगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ ।  कोरोना संक्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धवलागिरि अस्पतालमा ज्यान गएको थियो । त्यसअघि गत शनिवार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जानकारी दिएको छ । बागलुङ–१० मा पनि टोलटोलमा संक्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जानकारी दिएको छ । विद्यालय, संघ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा आउँदो १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । खुकुला प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बीचमा संक्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय संक्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले संक्रमित छैनन् ।  पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा हालसम्म ६१ जनाले ज्यान गुमाएका छन् । रासस

उपत्यकामा थपिए एक हजार २२६ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका एक हजार २२६ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।

लम्जुङमा आज रातीबाट निषेधाज्ञा जारी

काठमाडौं। स्थानीय प्रशासनले लम्जुङमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साताको लागि जारी गरिएको हो। लम्जुङमा जेठ ३ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने गृह मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि लम्जुङमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन अन्यलाई निषेध गरिएको छ। आजसम्म देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।

निषेधाज्ञामा पनि किन घटेन उपत्यकामा कोरोना संक्रमण ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि दुई सातादेखि सरकारले निषेधाज्ञा जारी गरेको छ ।  उपत्यका

निषेधाज्ञामा धनगढी (फोटोफिचर)

कोरोना संक्रमण बढेपछि कैलालीमा निषेधाज्ञा ज्ञारी गरिएको छ ।  निषेधाज्ञाले प्रदेश राजधानी धनगढी र अत्तरिया