खुकुलो निषेधाज्ञा, आशसँगै त्रास पनि

वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा डेढ महीनापछि खुकुलो भएसँगै बारा–पर्सा कोरिडोरका उद्योग प्रतिष्ठान र व्यापारिक कारोबारले गति लिने अपेक्षा निजीक्षेत्रले गरेको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि केही खुकुलो पारिएको छ । सरकारको निर्देशनअनुसार स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रहरूले निषेधाज्ञा खुकुलो पारेका हुन् । पछिल्ला दिनहरूमा कोरोनाको परीक्षण नै कम हुन थालेकाले निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण पुनः बढ्न हो कि भन्ने त्रास पनि छ । वीरगञ्जमा यसअघि बिहान १० बजेसम्म अत्यावश्यकीय वस्तुका पसल खोल्न दिइएकोमा यो समयलाई बढाएर १२ बजेसम्म पुर्‍याइएको छ । बारामा यो समय बिहान ११ बजेसम्मका लागि तोकिएको छ । अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र कृषि उत्पादन र उपकरणका पसल खोल्न दिइने भएपछि त्यस्ता उत्पादन र सेवाको आपूर्ति सहज हुने भएको छ । उत्पादन र आपूर्तिका मुख्य क्षेत्रमा निषेधाज्ञा सहज हुँदै गएपछि व्यापारिक गतिविधिले गति समात्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको विश्वास छ । कोरोना संक्रमण घटेपछि निषेधाज्ञालाई खुकुलो बनाइएको हो । कोरोना संक्रमण नियन्त्रण भए पनि उद्योग व्यापारका गतिविधि पहिलेकै लयमा फर्किन भने कम्तीमा २ महीना लाग्ने अध्यक्ष गुप्ता बताउँछन् । अहिले खाद्यान्न र औषधिबाहेकका अन्य उद्योग करीब बन्द अवस्थामा रहेको गुप्ताले बताए । ‘कच्चा पदार्थको ढुवानी र उत्पादनमा समस्या छैन । तर, उत्पादन भएको मालसामान बजारमा बेच्न सकिएको छैन,’ उनले आर्थिक अभियानसित भने, ‘उत्पादन गोदाममा थन्क्याउनुभन्दा कतिपय उद्योगले उत्पादन नै बन्द गरेका छन् ।’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले निषेधाज्ञाका कारण बारा–पर्सा कोरिडोरका ६० प्रतिशत उद्योगको उत्पादन बन्द भएको दाबी गरे । ‘अत्यावश्यकीय उत्पादनबाहेक अन्यको उत्पादन नै बन्द छ । अत्यावश्यकीय वस्तुका उत्पादक पनि पूरा क्षमतामा चल्न पाएका छैनन्,’ अध्यक्ष लाठले भने ‘उत्पादन बजारमा पुर्‍याउन सकिने अवस्था नभए बन्द गर्नुको विकल्प छैन ।’ बजार र यातायात नखुलेसम्म उद्योग व्यापारले गति लिन नसक्ने तर्क लाठको छ । एक सातायता कामदारहरू काममा फर्किन थालेको उनले बताए । ‘कामदारको आपूर्ति भने केही सहज भएको छ । कोरोना नियन्त्रणमै रह्यो र निषेधाज्ञा खुकुलो भए बिथोलिएको व्यापारिक गतिविधि लिकमा आउँछ,’ उनले भने, ‘यसका लागि समय भने लाग्छ ।’ अधिकांश औद्योगिक र व्यापारिक प्रतिष्ठान सञ्चालन पूँजीको समस्यामा फसेको संघका अध्यक्ष गुप्ताले बताए । सवारी र बजार सुचारु नभएकाले बजारबाट उधारो असुली नभएको र यसले उद्यमलाई सञ्चालन गरिराख्न समस्या भएको उनले बताए । औद्योगिक र व्यापारिक गतिविधिमा आएको कमीको असर भन्सारबाट भित्रिने मालसामानको परिमाणमा पनि देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अधिकांश व्यापारिक वस्तुको आयात घटेको जानकारी प्रमुख भन्सार अधिकृत पौडेलले दिए । पौडेलका अनुसार निषेधाज्ञायता लगाउने र खाने वस्तु, जुत्ता, चप्पल, मोटर्स पार्टस्, उकरण, पेन्ट उद्योगका सामग्री, सवारीसाधन, इन्धनलगायतको आयातमा कमी आएको छ । पछिल्ला दिनमा संक्रमण घटेको देखिए पनि निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमण बढ्ने त्रास पनि छ । परीक्षण नै कम भएकाले संक्रमण कम देखिएको हो कि भन्ने आशंका अध्यक्ष गुप्ताको छ । पुनः संक्रमण बढेमा यसले आर्थिक र सामाजिक दैनिकीलाई थप समस्यामा पार्ने डर नहटिसकेको उनले बताए । ‘निषेधाज्ञा सहजीकरण गर्दा परीक्षणको दायरालाई पनि फराकिलो पार्नुपर्छ । यसमा आवश्यकताजति ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

सम्बन्धित सामग्री

उठिबासको त्रास कहिलेसम्म ? (फोटो फिचर)

प्रदर्शनकारीहरूले 'उठीबासको त्रास कहिलेसम्म ?', उचित विकल्पसहित व्यवस्थापना हुनैपर्छ,' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सन्दकपुरमा रेबिजले त्रास

जिल्लाको सन्दकपुर गाउँपालिकामा रेबिज संक्रमित कुकुरले अढाई दर्जन हाराहारी गोठमा बाँधेका गाईबस्तुलाई टोकेपछि रेबिज फैलिने त्रास बढेको छ।...

सिन्धुलीमा हात्तीको त्रास

सिन्धुलीमा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्  ।

वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

नेपालभर मनसुन फैलिने क्रममा छ। मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ। वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ। गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो।...

वर्षा सुरु भएपछि मनाङवासीमा त्रास

नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो ।गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ । हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससह

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न […]

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न […] The post मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास appeared first on राजधानी राष्ट्रिय दैनिक.

संक्रमण फ्लूको, त्रास कोरोनाको!

हाल कोरोनासंगै फ्लू पनि देखिएको र यी दुई भाइरसहरु बीच लक्षणहरु धेरै मिल्दो जुल्दो हुँदा फ्लू संक्रमितहरुले कोरोनाको पनि थप त्रास/मानसिक तनाब लिनु परेको देखिन्छ।

‘कुवेतमा कोरोनाको त्रास अझै उस्तै छ’

अनिल सोमै मगर/पाल्पा,हाल कुवेत । पछिल्लो समय विश्वमा कोरोनाको त्रास घट्दै गएको छ । कोरोना खाेपको उत्पादन र प्रयोग भएसँगै यसको डर मानिसमा कम हुँदै गएको होला । नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिसके भन्ने सुनिन्छ । अब नेपालमा पनि पहिलेको जस्तो डर छैन होला । तर यहाँ कुवेतमा भने कोरोनाको त्रास पहिलेको जस्तै छ, अहिले पनि । म वैदेशिक रोजगारीको क्रममा खाडी देश कुवेतमा छु । कोरोनाको कष्टकर समय पनि यहीँ बित्यो, अहिले पनि यहीँ छु । म यहाँ एक रेस्टुरेन्टमा काम गर्छु, जहाँ दैनिक हजारौँ ग्राहक आउने गर्छन् । निकै ...