स्तरोन्नति गर्ने सिद्धिचरण लोकमार्ग बन्द गर्दा सोलुखुम्बुमा चर्को मूल्यवृद्धि

सोलुखुम्बु : ढुवानी समस्याले सोलुखुम्बुका माथिल्लो क्षेत्रमा खाद्यान्न र पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भएको छ। ढुवानीमा अवरोध भएको कारण देखाएर व्यापारीले कालोबजारी समेत गर्न थालेको उपभोक्ताको गुनसो छ। दैनिक उपभोग्य वस्तु दाल, चिनी, चामल, नुन, तेल सबैको मुल्य बृद्धि भएको छ। यस्तै, निर्माण सामग्री जिल्लाका स्टोरमा सकिएको व्...

सम्बन्धित सामग्री

दुई दशकमा पनि बनेन् सिद्धिचरण लोकमार्ग

झण्डै दुई दशकदेखि जिर्ण भए पनि राज्यको नजर पुग्न नसकेको ‘मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा’ जोड्ने सिद्धिचरण लोकमार्ग बजेट अभावमा स्तरोन्नति हुन सकेको छैन।...

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी, १ अर्ब ५० करोड बजेट विनियोजन

वैशाख १८, ओखलढुंगा । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ ।  यसका लागि रू. १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ ।   जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक  यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक  सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।  ‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।’ उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ ।  प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’  कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए ।  दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पूरा हुने भएपछि खुशी व्यक्त बताए ।  उनले भने ‘हामीले निकै हारगुहार गर्‍यौँ ।  सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ । रासस

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी

ओखलढुङ्गा  । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिएको छ ।  जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो । मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको...

तीन बुँदे सहमतिपछि बन्द सिद्धिचरण लोकमार्ग खुल्यो

जिर्ण सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ४ दिनदेखि अवरुद्ध गरेको सिद्धिचरण लोकमार्ग आज विहानदेखि सुचारु भएको छ। स्थानीय सडक स्तरोन्नति संघर्स समितिले सोमवारदेखि अवरुद्ध गरेको सडक सरोकारवाला निकाय र असन्तुष्ट समूहबीच बुधबार साँझ भएको ३ बुँदे सहमतिपछि सुच...

सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न उपभोक्ताको ज्ञापनपत्र

पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर संघर्ष समिति गठन गरेर अघि सर्नुपरेको समितिका संयोजक दिपक बुढाक्षेत्रीले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुुसार सडक मर्मत कार्य तत्काल सु...

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै दबाब समूह गठन

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वषौंदेखि जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल...