घोराही–तुलसीपुर सडक : ठेक्का अनिश्चित सडक जीर्ण बन्दै

दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।

सम्बन्धित सामग्री

घोराही–कमिरेचौर सडक जीर्ण

सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण करिब ३४ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडक जीर्ण बनेपछि पुनः सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको छ । घोराही–मुर्कटी–प्युठान सडक अन्तर्गत घोराही उपमहानगरपालिकाको नवलपुर सिस्नेखोलादेखि बङ्गलाचुली गाउँपालिकाको तापा–कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय दाङमार्फत लुम्बिनी जलजला जेभीले करिब छ वर्षभित्र सडक निर्माण सक्ने गरी ३४ करोड १६ लाख ७७ हजार रुपियाँ बजेटमा २०७२ साल असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले दुई वर्षअघि गरेको कालोपत्रे अहिले भेट्टाउनै मुस्किल पर्ने अवस्थामा पुगेको स्थानीय छविलाल पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक कालोपत्रे गरेको थियो ।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।...

विकास निर्माणका काममा ढिलासुस्ती

म्याग्दी । निर्माण व्यवसायीले राजनीतिक दलका नेता र प्रशासनलाई समेत टेर्न छाड्दा विकास निर्माणको काममा ढिलासुस्ती मौलाएको छ । जनतालाई नेताले झुक्याएझै. ठेकेदारले नेतालाई झुक्याइदिन थालेका छन् । राजनीतिक शक्तिको आडमा विकास निर्माणका काममा लापरवाही मात्र हुँदैन, कामको गुणस्तरसमेत कमजोर हुने गरेको पाइएको छ । ठेकेदारको मनपरी चल्दा जिल्लामा सञ्चालित ठूला विकास निर्माणका योजनामा ढिलासुस्ती भइरहेको छ, जसले गर्दा ठेक्काको म्याद सकिइसक्दा पनि काम सकिएको छैन । निकट भविष्यमै म्याद सकिने योजनाहरूको प्रगति पनि निराशाजनक देखिन्छ । गत कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि, राजनीतिक दल, पूर्वाधार विकास कार्यालयसँग भएको छलफलमा निर्माण व्यवसायीले म्याद सकिएका निर्माणाधीन विकास योजनाको काम चैत मसान्तभित्र सिध्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, ती योजनाको प्रगतिसम्बन्धी पूर्वाधार विकास कार्यालयको अभिलेख हेर्दा निर्माण व्यवसायीको प्रतिबद्धता कार्यान्वयन नभएको देखिन्छ । कार्यालयका प्राविधिक अधिकृत अर्जुन शर्माले चालू आवमा संघको सडकतर्फ २७ र प्रदेशको सडकतर्फ २१ प्रतिशत प्रगति भएको जानकारी दिए ।   कार्यालयका अनुसार प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत बेनी–दरवाङ सडकको बेनीदेखि सिमचोकसम्मको साढे १२ किलोमीटर कालोपत्र २०७६ माघभित्र सम्पन्न गर्ने गरी लामा/समानान्तर जेभीले २०७४ साउनमा ठेक्का सम्झौता गरेको थियो । ४७ करोड ८७ लाख रुपैयाँ बजेटको उक्त योजना ठेकेदारको ढिलासुस्तीले सम्झौतामा उल्लिखित समयमा सम्पन्न भएन । अनि पटकपटक म्याद थप्ने काम भयो । थपेको म्याद सकिँदासमेत ६७ प्रतिशत मात्र काम सम्पन्न भएको अभिलेख छ । त्यसैगरी, बेनी–दरवाङ खण्डको रणबाङदेखि दरवाङसम्मको ६ किलोमीटर ८ सय मीटर सडक कालोपत्र योजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । यो गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा बन्दै गरेको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । २०७६ जेठमा बिरुवा/क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्ने गरी २२ करोड ४७ लाख रुपैयाँमा यसको ठेक्का लिएको थियो । तोकिएको म्याद सकिन २ महीना बाँकी रहँदा वित्तीय प्रगति ४८ प्रतिशत मात्र छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्रको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत छ । बिरुवा/क्याराभान जेभीका प्रतिनिधि ठाकुर सिलवालले कोरोना महामारी र निर्माण सामग्रीको सहज आपूर्ति हुन नसक्दा काम ढिला भएको बताए । आठ किलोमीटरको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रसहित स्तरोन्नतिका लागि एपेक्स/खड्का कृष्ण जेभी काठमाडौंले २०७६ जेठ २७ गते भ्याटसहित १८ करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको शर्तअनुसार यो काम २ वर्षमा सकिनुपर्छ । त्यसैगरी, बेनी–बाग्लुङ सडक खण्डअन्तर्गत खबरादेखि रत्नेचौरसम्मको योजना पनि अलपत्र छ । सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बनेको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन/देभ एन्ड सायर/बीएन जेभीले २०७७ असोजभित्रै सक्ने गरी ठेक्का लिए पनि अहिलेसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ । बेनीदेखि खबरासम्मको प्रगति ६५ प्रतिशत छ । विगतको असहज परिस्थितिका कारण निर्माण कार्यको गति सुस्त भएको स्वीकार गर्दै उक्त जेभीका रोशन थापाले अब निर्माण कार्य सुचारु भएको र छिट्टै सम्पन्न हुने बताए । भूकम्प प्रभावित सडकअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरे बगरदेखि चित्रेसम्मको साढे १८ किलोमीटर सडक कालोपत्र गर्ने योजनासमेत अलपत्र जस्तै छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको कामसमेत सुस्त छ । ७६ किलोमीटरको बेनी–जोमसोम खण्डको कालोपत्रसहित स्तरोन्नतिको काम पनि सुस्त गतिमा छ । यो योजना पनि थप भएको समयमा सम्पन्न नहुने देखिन्छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवनलगायत पूर्वाधार योजनामा भएको चरम ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बद्ध कार्यालय र प्रशासकलाई समेत आलोचित बनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया थाल्नु आवश्यक रहेको बताए । योजना कार्यान्वयन गर्ने कार्यालय, संघ र प्रदेशले ताकेता गरे पनि सम्पर्कमा नआउने, आए पनि काम नगर्ने प्रवृत्ति व्यवसायीमा रहेको उनले बताए ।

मालढुंगा–बेनी खण्ड : स्तरोन्नतिको काम निर्धारित मितिमै सकिने

पर्वत । पर्वतमा सञ्चालित मालढुंगा–बेनी सडक स्तरोन्नतिको योजना निर्धारित समयावधिमै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी जुटेको छ । पर्याप्त संख्यामा मजदूर र उपकरण परिचालन गरेर एपेक्स–खड्का–कृष्ण जेभीले निर्माणलाई तीव्रता दिएको हो । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत मालढुंगा–बेनी सडकखण्डको १३ किमी सडक स्तरोन्नति गर्ने उक्त योजनामा यतिखेर धमाधम काम भइरहेको छ । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १५० मजदूर सडक बनाउने काममा परिचालित छन् । ठाउँठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ । गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २८१ मा उक्त कम्पनीले ठेक्का सम्झौता गरेकोमा सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले गत साउनदेखि सडक निर्माण थालेको थियो । तीस महिनामा सम्पन्न गर्नेगरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको र सम्झौतालगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको थियो । पर्वतको मालढुंगादेखि आठ किमीसम्मको खण्डमा मजदूर र उपकरण परिचालन गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इञ्जिनीयर मन्दा पन्तले जानकारी दिइन् । उनका अनुसार पाँच किमीसम्मको खण्डको स्ट्रक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिटेनिङ वाल लगाउने काम सकिएको इन्जिनीयर पन्तले बताइन् । कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माणका कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गति हेर्दा सम्झौता समयावधि भित्रै सडक स्तरोन्नतिसहित कालोपत्र हुने अपेक्षा गरिएको जानकारी उनले दिए । राष्ट्रिय गौरवको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइडको अनुगमनलाई प्राथमिकता दिएको उनले बताए । आगामी २०७९ को चैत मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ । सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको छ । मालढुंगादेखि बेनीसम्म १३ किमी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । गतवर्ष यो सडकलाई बेनी–जोमसोम–कोरोला सडक योजनाअन्तर्गत राखेर सडक निर्माण गर्ने निर्णयका साथै बोलपत्र आह्वान भएपछि काम अघि बढाइएको थियो । हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिने आयोजनाले बताएको छ । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा ट्र्याक निर्माण गरिएको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । रासस

डुम्रे–बेंसीशहर सडक दुई लेनको बनाइँदै

लमलुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए । ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ,’ इञ्जिनियर अधिकारी भने । उनका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त आयोजनाले बताएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण सम्पन्न भएको बताइएको छ । आठ दशमलव आठ किलोमिटर सडक २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकोमा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।      छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट २०२९ सालमा खन्न शुरू गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भएपछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस

डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन शुरु

माघ ४, लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।  उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ ।’ इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ  भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ ।  यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक)  रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जानकारी दिएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।   अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ  भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।  आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक रू. ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले रू. ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक  कालोपत्र गरिएकोे थियो ।  कालोपत्र भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौँ संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ  ।  डुम्रे बेँसीशहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस

म्याग्दीमा दर्जनौं मुख्य सडकको काम अलपत्र

म्याग्दी । म्याग्दीमा सडक निर्माणका काम अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालयले पटक–पटक म्याद थप गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण मिलाए पनि काम अघि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार जिल्लामा आधा दर्जनभन्दा बढी मुख्य सडकको भौतिक प्रगति ५० प्रतिशत हाराहारीमा मात्र छ । कालोपत्र सहित स्तरोन्नति गरिनुपर्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम खण्डको काम सुस्त छ । म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम भए पनि सडक कालोपत्रको काम हुन सकेको छैन । त्यसैगरी गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत बेनी–दरबाङ सडकखण्डको रणबाङदेखि दरबाङसम्मको ६ किलोमिटर ८०० मिटर सडक कालोपत्र योजना समेत अलपत्र बनेको छ । २०७६ जेठमा विरुवा क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्नेगरी २२ करोड ४७ लाखमा ठेक्का लिएको यस योजनामा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । बेनी–दरबाङ सडकखण्डमा परिचालित दुवै कम्पनीको काम सन्तोषजनक छैन । पहिलो खण्डमा भौतिक प्रगति ४५ र वित्तीय प्रगति ४८ प्रतिशत र दोस्रो खण्डको भौतिक प्रगति ५० र वित्तीय प्रगति करीब ५९ प्रतिशत भएको छ । त्यसैगरी बेनी–बागलुङ सडकखण्ड अन्तर्गत खवरादेखि रत्नेचौर खण्डको योजना समेत अलपत्र परेको छ । निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बन्दै गएको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन–देव एण्ड सायर–बीएन जेभीले २०७७ असोजभित्रै सक्नेगरी ठेक्का लिएको भए पनि अहिलेसम्म ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ  । पूर्वाधार विकास कार्यालय अन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्र सडक योजना अधुरो र अलपत्र अवस्थामा छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिशमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत सञ्चालित यो योजनामा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । ८ किलोमिटर दूरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र सहित स्तरोन्नतिका लागि २०७६ जेठ २७ गते २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी एपेक्स–खड्का कृष्ण जेभी काठमाडौंले भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १० करोड ४८ लाख रकम भुक्तानी लगिसकेको कम्पनीले सडक कालोपत्रको तयारी समेत गरेको छैन । ‘सडक आयोजना अलपत्र बनाउने निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेका छौं, कोरोना लगायतका कारण उनीहरूलाई म्याद थपमा कार्यालयले सहजीकरण पनि गरेको छ, थप भएको समयमा समेत निर्माण सम्पन्न नगरेमा उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ,’ पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले भने । भूकम्प प्रभावित सडक अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरेबगरदेखि चित्रेसम्मको साढे १८ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा समेत ढिलासुस्ती भएको छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको उक्त आयोजनाको म्याद गत जेठमा सकिएको भए पनि भदौ १७ सम्मका लागि पुनः थप भएको छ । तर अहिलेसम्म करीब ५५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गरेकाले थपिएको समयमा समेत काम सम्पन्न हुने नदेखिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले बताएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काम समेत सुस्त बनेको छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवन लगायत पूर्वाधार योजनाहरूमा भएको ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र प्रशासकहरूलाई समेत आलोचित बनाएको छ ।