घोराही–कमिरेचौर सडक जीर्ण

सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण करिब ३४ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडक जीर्ण बनेपछि पुनः सडक धुलाम्मे भई खाल्टाखुल्टीमा परिणत भएको छ । घोराही–मुर्कटी–प्युठान सडक अन्तर्गत घोराही उपमहानगरपालिकाको नवलपुर सिस्नेखोलादेखि बङ्गलाचुली गाउँपालिकाको तापा–कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक जीर्ण बनेको छ । सडक डिभिजन कार्यालय दाङमार्फत लुम्बिनी जलजला जेभीले करिब छ वर्षभित्र सडक निर्माण सक्ने गरी ३४ करोड १६ लाख ७७ हजार रुपियाँ बजेटमा २०७२ साल असारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले दुई वर्षअघि गरेको कालोपत्रे अहिले भेट्टाउनै मुस्किल पर्ने अवस्थामा पुगेको स्थानीय छविलाल पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा उक्त सडक कालोपत्रे गरेको थियो ।

सम्बन्धित सामग्री

धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण

धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो ।

तल्लो डुङ्गेश्वर–पालेतडा सडक जीर्ण

सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ । यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाहीले सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० […]

राजधानीका सडक : कुनै ७ वर्षदेखि जीर्ण, कुनै पिच भासिने

काठमाडौँ : सबैलाई लाग्न सक्छ- काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा चिरिच्याँट्ट सडक छन्‚ चिल्ला सडकमा सवारीसाधन गुड्छन्।यसरी सोचेजस्ता उपत्यकाका सडक न त चिल्ला छन् न समयमै मर्मत भएका छन्।७ वर्षदेखि ललितपुरकै ललितपुर महानगर-१४ स्थित स्वाभाहिटी नंखुडोल मार्ग अर्थात् महालक्ष्मी चोक–नख्खुपुल सडक जीर्ण छ‚ सडकमा खाल्डैखाल्डा छन्। धुलो त्यस्तै। यही सडकबाट स्थानीय र त्यहाँ बाटो हुँदै हिँड्ने सवारीचालक होस् या सर्वसाधारण‚ सबै आजित छन्। मर्मतमा

राजविराज–हनुमाननगर सडक जीर्ण

राजविराज- पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा […]

सांसदले उठाए देशभरका सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन …

सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दै

काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का पुर्‍याउँदो रहेछ। त्यसको एउटा उदाहरण हो, लमजुङ । मध्य नेपालको सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दैछ […]

जयराम–हलेसी सडक जीर्ण हुँदा स्थानीयसहित पर्यटक तथा दर्शनार्थीलाई दुःख

खोटाङ – कालोपत्रे उप्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा २०६७ सालमा गरिएको ओटासिल पिच उप्किँदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो ।  पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जयराम–हलेसीको च्यास्मीटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उप्किँदा सडकमा खाल्डाखुल्डी बनेका छन् । निर्माण भएकाे तीन/चार वर्षमै कालोपत्रे उप्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको ह...

कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान

खोटाङ- कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ । ३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिक स्थल हलेसी मन्दिर […]

गुल्मीका सडक जीर्ण

राष्ट्रिय राजनीतिमा प्रशावशाली नेता, उच्चपदस्थ कर्मचारीहरू भएको गुल्मीका ठूला सडक आयोजना मात्र होइनन्, नयाँ, पुराना र रणनीतिक सबैखाले सडकको अवस्था भने कन्तबिजोग छ  गत १ कात्तिकमा मुसिकोट नगरपालिका–६, भुवाचिदीका नरबहादुर गुरुङको...

जीर्ण बन्दै नेपालगन्ज-कोहलपुर सडक

सडक उस्तै चिराचिरा परेको छ। समयमै मर्मत सम्भार नहुने हो भने अझै सडक जीर्ण हुँदैन जाने निश्चित छ। मर्मत सम्भारको अभावमा सडक जीर्ण हुँदा यातायातका साधानहरुलाई समस्या हुँदै गएको छ।...