डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन शुरु

माघ ४, लमजुङ । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।  उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ ।’ इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ  भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ ।  यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक)  रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जानकारी दिएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।   अहिले सडकको नाली बनाउने, चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ  भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।  आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक रू. ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले रू. ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।  छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । शुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक  कालोपत्र गरिएकोे थियो ।  कालोपत्र भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौँ संख्यामा साना तथा ठूला सवारीसाधन सञ्चालन हुन्छ  ।  डुम्रे बेँसीशहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । रासस

सम्बन्धित सामग्री

डुम्रे–बेँसीशहर सडक अवरुद्ध

डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ । वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिल

डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध

निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।”आकस्मिक

डुम्रे-बेँसीशहर सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।  वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो […]

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिराेले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ । लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । &nbs

खुल्यो डुम्रे–बेँसीशहर सडक

लमजुङ । बाढीपहिरोले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा […]

अवरुद्ध डुम्रे–बेँसीशहर सडक खुल्यो

लमजुङ- बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध […]

खुल्यो डुम्रे–बेँसीशहर सडक

बाढीपहिरोले गए रातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ ।  आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०:३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जो

डुम्रे-बेँसीशहर सडक अवरुद्ध

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे-बेँसीसहर सडक र बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ ।  डुम्रे-बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।  उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक […]

पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गा माटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्

अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा

लमजुङ । पृथ्वीराजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै छ । विगत दुई दिनदेखि अवरुद्ध सो सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडक खण्ड अवरुद्ध गरेका थिए । […]