मालढुंगा–बेनी खण्ड : स्तरोन्नतिको काम निर्धारित मितिमै सकिने

पर्वत । पर्वतमा सञ्चालित मालढुंगा–बेनी सडक स्तरोन्नतिको योजना निर्धारित समयावधिमै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी जुटेको छ । पर्याप्त संख्यामा मजदूर र उपकरण परिचालन गरेर एपेक्स–खड्का–कृष्ण जेभीले निर्माणलाई तीव्रता दिएको हो । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत मालढुंगा–बेनी सडकखण्डको १३ किमी सडक स्तरोन्नति गर्ने उक्त योजनामा यतिखेर धमाधम काम भइरहेको छ । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १५० मजदूर सडक बनाउने काममा परिचालित छन् । ठाउँठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ । गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २८१ मा उक्त कम्पनीले ठेक्का सम्झौता गरेकोमा सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले गत साउनदेखि सडक निर्माण थालेको थियो । तीस महिनामा सम्पन्न गर्नेगरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको र सम्झौतालगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको थियो । पर्वतको मालढुंगादेखि आठ किमीसम्मको खण्डमा मजदूर र उपकरण परिचालन गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इञ्जिनीयर मन्दा पन्तले जानकारी दिइन् । उनका अनुसार पाँच किमीसम्मको खण्डको स्ट्रक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिटेनिङ वाल लगाउने काम सकिएको इन्जिनीयर पन्तले बताइन् । कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माणका कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गति हेर्दा सम्झौता समयावधि भित्रै सडक स्तरोन्नतिसहित कालोपत्र हुने अपेक्षा गरिएको जानकारी उनले दिए । राष्ट्रिय गौरवको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइडको अनुगमनलाई प्राथमिकता दिएको उनले बताए । आगामी २०७९ को चैत मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ । सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको छ । मालढुंगादेखि बेनीसम्म १३ किमी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । गतवर्ष यो सडकलाई बेनी–जोमसोम–कोरोला सडक योजनाअन्तर्गत राखेर सडक निर्माण गर्ने निर्णयका साथै बोलपत्र आह्वान भएपछि काम अघि बढाइएको थियो । हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिने आयोजनाले बताएको छ । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा ट्र्याक निर्माण गरिएको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । रासस

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोको आइपीओमा भदौ २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ – इस्टर्न हाइड्रोपावरकाे आइपीओमा यही भदौ २८ गते मंगलबारसम्म आवेदन दिन पाइने भएकाे छ। कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर भदौ २८ गतेसम्म पुर्याएको हो। भदौ ७ गतेबाट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ। इस्टर्नले १ सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन […]

मतदानको निर्धारित समय सकियो

काठमाडौँ- स्थानीय तह निर्वाचनको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ । देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण […]

भ्वाइस अफ नेपाल-४ का लागि जेठ १ सम्म डिजिटल अडिसन दिन सकिने

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ । दुई महिनादेखि सुरु भएको आवेदनमा उत्साहजनक सहभागिता रहेको जनाइएको छ । निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरे । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने […]

निर्धारित मितिमा द्रुतमार्ग सक्न कठिन

काठमाडौं । गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सरकारको उल्लेख्य सहयोग नभए निर्धारित समयमा आयोजना सम्पन्न हुन कठिन देखिएको छ । आयोजनामा थप पूरक वातावरणीय प्रभाव मूल्यांकन आवश्यक भएको र संशोधित डिजाइनले राइट अफ वेका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने औंल्याएकाले यी कार्यमा विलम्ब भए आयोजना निर्धारित समयमै सम्पन्न गर्न कठिन हुने देखिएको हो । संशोधित डिजाइनले राइटअफ वेलाई बढाएर १०० मिटरसम्म कायम गर्न आवश्यक देखिएको बताएको छ । हाल द्रुतमार्गको राइट अफ वे ५० मीटर छ । तर, यसलाई सुरक्षाको हिसाबले १०० मीटरसम्म बढाउन आवश्यक देखिएपछि थप जग्गा अधिग्रहण र रूख पनि काट्नुपर्ने देखिएको हो । यसले गर्दा पहिला गरिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा पुनः थपघट गरी पूरक ईआईए गर्न आवश्यक हुने र त्यसका लागि बढीमा ७ महीना लाग्ने सेनाको भनाइ छ । वन, वातावरण तथा जग्गा अधिग्रहणका लागि अहिले देखिएको समस्या र राइट अफ वेका लागि काट्नुपर्ने रूखका साथै जग्गा अधिग्रहणमा सरकारले नसघाए निर्धारित समयमै काम सम्पन्न गर्न कठिन हुने आयोजना प्रमुख तथा प्राविधिक सहायक रथी विकास पोखरेलले बताए । ‘पूरक ईआईए गर्दा सम्बद्ध निकायबाट ७ महीनासम्म पनि स्वीकृति नआएको अवस्था छ,’ पोखरेलले भने, ‘राइट अफ वे बढाउँदा काट्नुपर्ने रूख र जग्गा अधिग्रहणमा सरकारले सघाउन नसके र बजेटको सुनिश्चितता नभए निर्धारित समयमै आयोजना सम्पन्न गर्ने वातावरण बन्दैन ।’ सरकारले आर्थिक वर्ष २०८०/८१ सम्ममा द्रुतमार्ग निर्माण सम्पन्न गर्न नेपाली सेनालाई ठेक्का व्यवस्थापनको जिम्मा दिएको थियो । थप राइट अफ वेका लागि वन, जग्गासम्बन्धी समस्याको समधान र खोकनाको ४११ रोपनी जग्गा अधिग्रहण गर्न तथा साइट क्लियरमा सम्बद्ध निकायले सहजिकरण गरिदिन सेनाले आग्रह गरेको छ । ‘आयोजनाको ठूलो प्याकेज र चुनौतीपूर्ण काम सुरुङमार्ग निर्माण हो,’ पोखरेलले भने, ‘निर्माण शुरू गरेको २०७८ पुसदेखि २०८१ को पुससम्म अर्थात् ३ वर्षमा सुरुङमार्ग सम्पन्न गर्नेगरी हालै चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।’ १ दिनमा ३ मीटर सुरुङ खनियो भने १ महीनामा ९० मीटर र १ वर्षमा वर्षमा १ किलोमीटर सुरुङ खन्न सकिने आकलन गरिएको उनको भनाइ छ । उक्त आधारमा ३ वर्षमा ३ किमी सुरुङ खन्न सकिने र दुवैतर्फबाट खन्दा ठेक्का सम्झौता अवधिमै खनिसक्ने अवस्था रहेको पोखरेलले बताए । यससँगसँगै द्रुतमार्गमा पर्ने पुलहरूको काम पनि सम्पन्न हुनेछ । बजेटको सुनिश्चितता भएमा र कुनै भवितव्य नआए निर्धारित समयमै द्रुतमार्गको काम सकिने उनले दाबी गरे । उनले भने, ‘खोकना पाँचओटा आयोजनाहरूको केन्द्र बनेकोले स्थानीय बासिन्दा यी आयोजनाका कारण खोकना नै विस्थापित हुने डरमा छन्, बाँकी चारओटा आयोजना यहाँ नबन्ने सुनिश्चित गरिदिए द्रुतमार्गलाई समस्या नपार्ने धारणा स्थानीयको छ ।’ यसको व्यवस्थापन सेनाबाट नहुने भएकाले राष्ट्रिय योजना आयोगलगायत निकायलाई भनिएको उनको भनाइ छ । द्रुतमार्गका साथै उक्त क्षेत्रमा स्मार्ट सिटी, बाहिरी चक्रपथ, ट्रान्समिसन लाइन र बागमती कोरिडोर आयोजना जोडिएका छन् । यीमध्ये द्रुतमार्गलाई मात्रै इन्ट्री दिनका लागि त्यहाँका स्थानीय बासिन्दाले दुईओटा शर्त अघि सारेको उल्लेख गर्दै पोखरेलले भने, ‘एउटा जग्गाको मुआब्जा बढाउनुपर्ने र अर्काे अन्य चारओटा आयोजना नआउने सुनिश्चित गरिदिए द्रुतमार्गको शुरू विन्दुमा समस्या नहुने धारणा उनीहरूको छ ।’ वैशाखसम्ममा खोकनाको समस्या समधान नभए ७ किलोमिटरको उक्त प्याकेजलाई यथावस्थामै राखेर अन्य प्याकेजको काम शुरू गरिने सेनाले उल्लेख गरेको छ । ठेक्का सम्झौता भएका सुरुङमार्गको प्याकेज नम्बर १ को लागत रू. २१ अर्ब र प्याकेज २ को अनुमानित लागत रू. २८ अर्ब रहेको छ । कम रकम कबोल्नेलाई ठेक्का दिँदा ठेक्का आह्वान गर्दाको लागत रू. १ अर्बले घटेको छ । यी २ प्याकेजमा क्रमशः २५ प्रतिशत र १५ प्रतिशत कम कबोल गरेकालाई ठेक्का दिइएको हो । सुरुङमार्गको काम शुरू भएपछि द्रुतमार्गमा उल्लेख्य खर्च हुने भन्दै सेनाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करीब रू. ४० अर्ब बजेट माग गरेको छ । सुरुङमार्गमा बढी खर्च तथा बजेट आवश्यक हुने भएकाले आगामी वर्षदेखि ठूलो मात्रामा बजेट आवश्यक हुने देखिएको छ । द्रुतमार्गमा हालसम्म सेनाले रू. २६ अर्ब खर्चिसकेको छ ।

एमाले महाधिवेशन भोलि नै सकिने, उम्मेदवारी मनोनयन भएन, डिनरमा सेटिङ

नेकपा एमालेको दशौं महाधिवेशन निर्धारित समयमै सकिने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारित समयमै महाधिवेशन सकिने भएको हो ।

एमाले महाधिवेशन भोलि नै सकिने, उम्मेदवारी मनोनयन भएन, डिनरमा सेटिङ

नेकपा एमालेको दशौं महाधिवेशन निर्धारित समयमै सकिने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारित समयमै महाधिवेशन सकिने भएको हो ।

एमाले महाधिवेशन भोलि नै सकिने, उम्मेदवारी मनोनयन भएन, डिनरमा सेटिङ

नेकपा एमालेको दशौं महाधिवेशन निर्धारित समयमै सकिने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारित समयमै महाधिवेशन सकिने भएको हो ।

निर्धारित समय अगावै राइनास सडक कालोपत्रे सकिने

लमजुङको राइनास नगरपालिकाअन्तर्गत मुख्य सडक मानिएको नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्रे योजना निर्धारित समय अगावै सकिने भएको छ । कोभिड–१९ सँगै लकडाउनका कारण झण्डै नौ महिना काम ठप्प रहेको उक्त सडक सम्पन्न हुने मितिभन्दा अझै पाँच महिनाअघि सम्पन्न हुने भएको हो ।गण्डकी प्रदेश सरकारको प्रादेसिक सडक योजनाअन्तर्गत नेपालडाँडा–राइनास–बोराङ सडकखण्ड अन्तर्गत १० किलोमिटर सडक कालोपत्रे योजना नौ महिना […]

हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस

सडक कालोपत्रे निर्धारित समय अगावै सकिने

भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । सुरुवात भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।