विमानस्थलमा विदेशीहरुको अपहरण भएको विषयमा तालिबानको यस्तो प्रतिक्रिया

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।  काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए । “अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान ग

सम्बन्धित सामग्री

मध्य भोटेकोशी आयोजनाका कामदार माथी कुटपिट

भदौ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामदार माथी कुटपिट भएको छ । आयोजनाको मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनी एन्ड्रीड हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीय युवाहरुको समूहले साइट अफिस बाह्रविसेको जम्बुमा कुटपिट गरेका हुन् । खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर १४/१५ जनाको समूहले दवाडीलाई निर्घात कुटपिट गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । मध्य भोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो शुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर स्थानीय युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएको दवाडीले बताए । ‘हामीले खटाएअनुसारको काम गर्ने हो, तर यहाँका केही स्थानीय युवाहरुले हामीलाई धम्की दिने र कुटपिटमै उत्रनेजस्ता जघन्य काम गर्दै आईरहेका छन्’, दवाडीले भने ‘हामीलाई आयोजना र स्थानीय प्रशासनले सुरक्षा प्रदान नगर्ने हो भने अब काम गर्न सकिन्न ।’ कुटपिटबाट घाईते भएका साइट इञ्चार्ज दवाडी उपचारपछि फर्किएका छन् ।  आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा स्थानीय रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेमा प्रहरी निरीक्षक देवेन्द्र शाहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताए । ‘महत्वको आयोजना निर्माण गरिरहेका कर्मचारीमाथि कुटपिट हुनु राम्रो होईन’, शाहले भने ‘उजुरी परेको छ, प्रहरीले कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्छ ।’ दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्य भोटेकोशीमा भने आफूहरुलाई शुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ । ‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने ।  मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त ठेकेदार कम्पनीलाई साढे २ अर्बमा ठेक्का दिएको थियो । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।  ‘यहाँ यस्ता घटना भईरहेका हुन्छन्, हामीले यो घटनाको अध्ययन गरिरहेका छौं’, उनले भने ‘दोषीलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ र अब यस्ता घटना नदोहोरियोस् भन्नको लागि स्थानीय सरकार एवम् सुरक्षा निकाय गम्भीर बन्नुपर्छ ।’  गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । ‘लट वान’ अन्तर्गत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।  दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।

सांसद विमला वलीलाई अपहरण गरेको आरोपको प्रदेश सरकारले गर्‍यो खण्डन

आफूलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएको भन्ने सांसद विमला वलीको आरोपको लुम्बिनी प्रदेश सरकारले खण्डन गरेको छ । वली आफ्नो स्वेच्छाले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको र त्यहाँबाट निस्किएपछि अपहरण गरी बन्दी बनाएको भन्नुले आश्चर्य लागेको प्रदेश सरकारको प्रतिक्रिया छ । वली कसैले करकापमा पारेर नभई स्वेच्छाले नै साउन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री पोखरेलको निवासमा सरकार प्रवक्ता वैजनाथ चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते बि...

हाम्रा सांसद अपहरण गरिएको हो, बिरामी भएको भए हामीले भेट्न किन नपाउने ?

गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ? एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो...

फैसलाले दलहरुको अधिकार अपहरण गर्‍यो : जनार्दन शर्मा

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले …

अफगानिस्तानका पूर्व सांसदको हत्या

आफ्नी दिदीको अन्तिम संस्कारका लागि घर जानुभएका पूर्व सांसद अहमदजाईलाई सोमबार राति उहाँकै घरबाट तालिबान लडाकुको एक समूहले अपहरण गरेको पारिवारिक श्रोतले बताएको छ । यस घटनाबारे तालिबान समूहले अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

सांसद सुरेन्द्र यादव 'अपहरण' प्रकरणमा पूर्व आइजीपी सर्वेन्द्र खनालले मुख खोले

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ ...

https://www.onlinekhabar.com/2020/04/857570

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ । सांसद यादवले …

बालकृष्ण, विमान अपहरण र कांग्रेस

यतिबेला बालकृष्ण ढुंगेलको रिहाइले राजनीतिक वृत्तमा अनेक प्रतिक्रिया उब्जिएका छन् । खासगरी गत निर्वाचनवाट नराम्रो हार बेहोरेको कांग्रेसले यसैलाई राजनीतिक मसला बनाउन उद्धत देखिन्छ । यस विषयलाई लिएर संसदमा बोल्दै कांग्रेस नेता गगन थापाले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गणतन्त्रको राजा’ बन्न खोजेको आरोपसम्म लगाउन भ्याए । उता सडकमा कम्युनिष्ट …