मध्य भोटेकोशी आयोजनाका कामदार माथी कुटपिट

भदौ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामदार माथी कुटपिट भएको छ । आयोजनाको मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनी एन्ड्रीड हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीय युवाहरुको समूहले साइट अफिस बाह्रविसेको जम्बुमा कुटपिट गरेका हुन् । खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर १४/१५ जनाको समूहले दवाडीलाई निर्घात कुटपिट गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । मध्य भोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो शुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर स्थानीय युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएको दवाडीले बताए । ‘हामीले खटाएअनुसारको काम गर्ने हो, तर यहाँका केही स्थानीय युवाहरुले हामीलाई धम्की दिने र कुटपिटमै उत्रनेजस्ता जघन्य काम गर्दै आईरहेका छन्’, दवाडीले भने ‘हामीलाई आयोजना र स्थानीय प्रशासनले सुरक्षा प्रदान नगर्ने हो भने अब काम गर्न सकिन्न ।’ कुटपिटबाट घाईते भएका साइट इञ्चार्ज दवाडी उपचारपछि फर्किएका छन् ।  आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा स्थानीय रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेमा प्रहरी निरीक्षक देवेन्द्र शाहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताए । ‘महत्वको आयोजना निर्माण गरिरहेका कर्मचारीमाथि कुटपिट हुनु राम्रो होईन’, शाहले भने ‘उजुरी परेको छ, प्रहरीले कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्छ ।’ दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्य भोटेकोशीमा भने आफूहरुलाई शुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ । ‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने ।  मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त ठेकेदार कम्पनीलाई साढे २ अर्बमा ठेक्का दिएको थियो । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।  ‘यहाँ यस्ता घटना भईरहेका हुन्छन्, हामीले यो घटनाको अध्ययन गरिरहेका छौं’, उनले भने ‘दोषीलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ र अब यस्ता घटना नदोहोरियोस् भन्नको लागि स्थानीय सरकार एवम् सुरक्षा निकाय गम्भीर बन्नुपर्छ ।’  गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । ‘लट वान’ अन्तर्गत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।  दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको […]

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।  कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९०

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ।...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ । बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको […]

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा  अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए ।६ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि धकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु प

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३२ गते) अन्तिम दिन रहेको छ। कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको सो आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक ज...

मध्य भोटेकोशी जलविद्युतको आईपीओको आवेदन आइएमई पे बाट  दिन सकिने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो । आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन आइएमई पेबाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका

खुल्यो मध्य भोटेकोशी जलविद्युतको आईपीओ, कति दिने आवेदन ?

मंगलवारदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थ...