सांसद विमला वलीलाई अपहरण गरेको आरोपको प्रदेश सरकारले गर्‍यो खण्डन

आफूलाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएको भन्ने सांसद विमला वलीको आरोपको लुम्बिनी प्रदेश सरकारले खण्डन गरेको छ । वली आफ्नो स्वेच्छाले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको र त्यहाँबाट निस्किएपछि अपहरण गरी बन्दी बनाएको भन्नुले आश्चर्य लागेको प्रदेश सरकारको प्रतिक्रिया छ । वली कसैले करकापमा पारेर नभई स्वेच्छाले नै साउन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री पोखरेलको निवासमा सरकार प्रवक्ता वैजनाथ चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन साउन १५ गते बि...

सम्बन्धित सामग्री

बालिका अपहरण गर्ने पक्राउ

रौतहट : चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन्।उनलाई प्रहरीले बिहीवार राति पक्राउ गरेको हो। बिहीवार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई उनले अपहरण गरेका थिए।त्यसपश्चात पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौँ, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याए र फ

इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० प्रहरीको उद्धार

२४ मङ्सिर: इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई त्यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । त्यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ […]

रुपन्देहीबाट एक युवाको अपहरण

रुपन्देहीबाट भारतीय व्यक्तिहरुको समूहले नेपाली युवालाई अपहरण गरेको परिवारले दावी गरेको छ । रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले  समूहले हिजो साँझ अपहरण गरेको परिवारको दाबी छ  । परिवारका सदस्यहरुले  भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएर अपहरण गरेको दावी गरेका छन् ।अनिलकी आमा सुधा कहारले आफ्नो छोरालाई मोटरसाइकलमा भारततर्फ नै लगेको  बताएकी छन् । यता &

अपहरण गरेको आरोपमा चार जना पक्राउ

अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव...

नाइजेरियामा ७३ विद्यार्थीको अपहरण

काठमाडौं : नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण गरेको छ।उत्तर–पश्चिमी जामफारा राज्यबाट अज्ञात बन्दुकधारीले ७३ विद्यार्थीको अपहरण गरेको त्यहाँको प्रहरीले जनाएको छ। जामफाराका प्रहरी प्रवक्ता मोहममद सेहुले हिजो बुधबारका दिन बिहान ठूलो संख्यामा आएका बन्दुकधारीले मारादुन भन्ने स्थानीय सरकारअन्तर्गत काया गाउँका विद्यार्थीहरुलाई अपहरण गरेका हुन्। ती विद्यार्थीहरु एक माध्यामिक विद्यालयका आवसीय विद्यार्थी हुन्। अपहरणकारीको पहिचान र विद्यार्थीको खोजी भइरहेको प्रहरीले जनाएक

अफगानिस्तानको काबुलबाट विमान अपहरण

अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको युक्रेनको एक विमानलाई अपहरण गरिएको छ।

बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण

नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् ।प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ ।यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो ।आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट कम्तीमा आठजनालाई अपहरण गरिएको थियो ।अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् ।नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्ववि

बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

काठमाडौं : उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीहरुले १ सय ४० विद्यार्थीको अपहरण गरेका छन्।अफ्रिकाकै निकै आवादी रहेको कादुना राज्यको एक विद्यालयका विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका हुन्। प्रहरीले अपहरणमा परेका विद्यार्थीको उद्धारका लागि बन्दुकधारी समूहको पिछा गरिरहेको बताएको छ। उत्तर पश्चिमी नाइजेरियामा गत डिसेम्बरयता यो दशौँ ठूलो अपहरण हो। प्रहरीका अनुसार कादुना राज्यको बेथल ब्यापटिष्ट आवसीय विद्यालयमा बन्दुकधारीले रातभर आक्रमण गरेका थिए। आक्रमणपछि विद्यार्थीलाई अपहरण गरी बेपत्ता ब

बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो।