असारे विकास : २६ करोड लागतमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्कियो

काठमाडौं । असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् । १२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । […]

सम्बन्धित सामग्री

असारे विकास : एक सातामै उप्कियो कालोपत्रे

असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण झापामा कालोपत्रे गरेको एउटा सडक एक हप्ता नबित्दै उप्किएको छ। सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सकड...

असारे विकास: झरीमै धमाधम सडक कालोपत्रे

‘नाङ्गो’ औँलाले नै गुणस्तरहीन देखिरहेको सडकको खोस्रिँदा प्वाल पर्ने र हिँड्दा भ्वाङ पर्ने ‘बेस’ मा असारे झरीमै कालोपत्रे भइरहँदा पनि नियमन प्रभावकारी हुन सकेको छैन।...

असारे विकास : अलकत्रा पग्लिएर सडक जाम !

बिहीबार राति जमलमा चर्किएको कालोपत्रे सडक मर्मत गर्न बिटुमिन (अलकत्रा) खन्याइयो र बालुवा छरियो । तर, बिहान मात्रै थाहा भयो, अलकत्रा त आवश्यकता भन्दा बढी पो परेछ !

धनगढीको असारे विकास: कालोपत्रेमा उम्रियो झार

तारानगरमा असार अन्तिम साता बनाइएको कालोपत्रे सडकमा दुई हप्ता नबित्दै दुबो उम्रिनुका साथै प्वाल परेको छ।...

दाङमा असारे विकास रोकिएन, गुणस्तरीय काम हुनेमा स्थानीयकाे चिन्ता

दाङ। २०७६/७७ सकिन करिब २ हप्ता बाँकी हुँदा दाङमा विकास निर्माणले गति लिएको छ। असारे विकास रोकिनुपर्ने बताइरहँदा दाङमा भने असार मसान्तभित्रै विकास निर्माणका काम धमाधम भइरहेका छन्। अहिले जिल्लामा नाला खन्ने, सडक फराकिलो बनाउने, नयाँ ट्रयाक खोल्ने र सडकमा कालोपत्रे गर्ने काम तीव्र गतिमा हुन थालेका छन्।  पानी पर...

असारे विकास अभिशाप

आमनागरिकको यो खुसी भने धेरै टिक्न पाएन । असार लाग्दा/नलाग्दै भर्खरै कालोपत्रे गरिएका राम्रा सडक धमाधम भत्काउने काम सुरु भएको छ । भत्काउने पनि कसरी ? भत्काइसकेको सडकमा तत्काल काम सकेर पहिलेकै अवस्थामा छाडिदिए धेरै राम्रो हुन्थ्यो । सडक भत्काएर असरल्ल छाडिदिएपछि आमनागरिक त्यसै निराश हुने अवस्था आउँछ ।

असारे विकासको असर

किसानलाई जसरी असार महिना धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्छ, यही महिनामा विकास निर्माणका काम सक्न त्यसभन्दा बढी हतार हुन्छ सरकारी निकायका लागि । एकातिर बर्खामा पानी परिरहेको हुन्छ भने अर्काेतिर त्यही बेला सडक कालोपत्रे गर्नेदेखि नाली निर्माण गर्नेसम्मका विकास निर्माणका काम सक्ने चटारो जहाँतहीं देखिन्छ । किसान असारको भल छोपी–छोपी ‘मानो रोपी मुरी फलाउने’ काममा व्यस्त हुन्छन् । ठीक यही बेला सरकारी कर्मचारी र ठेकेदारहरू हतार देखाउँछन्, दुनियाँका आँखामा छारो हाल्न । विकास निर्माणका लागि छुट्ट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका हुन् । यसरी यो बेला हतारमा गरिएका यस्ता काम दिगो त हुँदैनन् नै बजेट पनि सदुपयोग हुँदैन । त्यसैले त यसलाई अहिले ‘असारे विकास’ भन्न थालिएको छ । असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ । यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ । यो रोगले कर्मचारीतन्त्र आक्रान्त भए पनि उपचार गर्ने निकायको सक्रियता देखिएको छैन ।

असारे विकास : 'अनियमितता' को मेलो

सरकारी अड्डाका लागि असार महिना भ्याइनभ्याइ हुन्छ। असारको सिमसिमे पानीमा कालोपत्रे, म¬सलधारे वर्षामा नाली निर्माण काम हुन्छ, भइरहेको छ। बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छन् न त बजेटको सदुपयोग नै हुन्छ। 'असारे विकास' आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ।