मधेस प्रदेश : ‘असारे विकास’ अनियमितता छानबिन गर्न उपसभामुखको संयोजकत्वमा समिति गठन

मधेस प्रदेशको प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा ‘असारे विकास’ को नाममा अनियमितता भएकोबारे उठाएको प्रश्नबारे छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । लोसपाकै मागअनुसार सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् ।प्रदेशसभामा प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका थि