राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थका सम्बन्धमा सरकारलाई १० बुँदे सुझाव दिएको छ । पेट्रोलियम पदार्थमा हुँदै आएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत दिन सरकारलाई आफ्नो तर्फबाट बुँदागत रुपमा सुझाव दिइएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनाएका छन् ।प्रधानमन्त्रीलाई सम्बोधन गरी मञ्चले पठाएको सुझावमा नेपाल आयल निगमले कारोवार गर्दै आएको पेट्रोलियम पदार्थलाई राजनैतिक लाभहानीको लागि प्रयोग गर्ने वस्तुको रुपमा लिने अवाञ्छित र गलत अभ्यास सबै राजनीतिक पार्टीबाट तत्काल बन्द गर्न भनिएको छ ।अन्तर