एमालेमा १० बुँदे कार्यान्वयन गर्न मापदण्ड तय

१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो । आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय […]