दशैं-तिहारका लागि भन्सार छुटमा ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

५ भदौ‌, काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार […]

सम्बन्धित सामग्री

भारतबाट भन्सार सहुलियतको २० हजार मेट्रिक टन चिनी आउने सम्भावना टर्दै

८ मंसिर, काठमाडौं । सरकारले तिहारका लागि भन्सार सहुलियतमा आयात गर्न खोजेको चिनी नआउने भएको छ । भारत सरकारले महँगो मूल्य भनेका कारण चिनी ल्याउन सम्भव नदेखिएको सरकारी दाबी छ । द्रुत गतिमा चिनी खरिदका लागि पहल थालेको अर्ध सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि भारतबाट सहुलियतमा चिनी ल्याउने प्रयास लगभग सकिएको बताएको छ । […]

भन्सार छली गरेको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

उदयपुरमा भन्सार छली गरेर ल्याइएको चिनी र सख्खर प्रहरीले बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिन्नदन चौधरीका अनुसार ३३ बोरा चिनी अन्दाजी मुल्य एक...

चिनी आयातमा भन्सार छुट देऊ

काठमाडौं– संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार टन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति […]

भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

भन्सार छली ल्याइएको एक हजार केजी चिनी बरामद

वीरगञ्ज – प्रहरीले भन्सार छली ल्याएको एक हजार किलो चिनी वीरगञ्जबाट बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिकाको रेल्वे रोडबाट भन्सार छली ल्याइएको उक्त परिमाणको चिनी बरामद गरेको हो। २० वटा बोरामा ५० केजीको दरमा रहेको चिनीको मुल्य एक बराबरको रहेको तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम […]

सरकारले घटायो चिनी र सख्खरको भन्सार महसुल, भाउ घट्ने

१५ जेठ, काठमाडौं । सरकारले चिनी र सख्खरको भन्सार महसुल घटाएको छ । सरकारले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो । सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ । सरकारले चिनी, सख्खर भेली र सुगर […]

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । […]

भन्सार छलेर ल्याएको डेढ क्विन्टल चिनी बरामद

झापा : प्रहरीले झापामा भारतबाट भन्सार छलेर भित्र्याइएको १५५ किलो (डेढ क्विन्टल) चिनी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ बजे झापाको गौरीगंज गाउँपालिका वडा नं ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वाली (गोठ)मा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा चिनी फेला पारेको हो।प्रहरीले अन्दाजी १ लाख ११ हजार मूल्य बराबरको ३१ बोरा चिनी बरामद गरेको हो। प्रहरीले बरामद चिनी नियन्त्रणमा लिएर

कञ्चनपुरबाट भन्सार छलेको छ लाख बराबरको चिनी बरामद

भन्सार छलेर ल्याइएको झन्डै ६ लाख बराबरको चिनी प्रहरीले बरामद गरेको छ। कञ्चनपुर प्रहरीले बिहीबार एउटा मिनी ट्रकसहित सो बराबरको चिनी बरामद गरेको हो।

भन्सार छलेर ल्याएको ठूलो परिमाणको चिनी प्रहरीले गर्‍यो बरामद

भारतीय सीमा नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनी रूपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार छलेर ल्याएको चिनी बरामद गरेको हो ।  नेपाल भित्र्याइएको चिनीसहित सिद्धार्थनगर वडा नम्बर ४ का रचना स्टोरका सञ्चालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख ३ हजार बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानका...