भन्सार छलेर ल्याएको ठूलो परिमाणको चिनी प्रहरीले गर्‍यो बरामद

भारतीय सीमा नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनी रूपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार छलेर ल्याएको चिनी बरामद गरेको हो ।  नेपाल भित्र्याइएको चिनीसहित सिद्धार्थनगर वडा नम्बर ४ का रचना स्टोरका सञ्चालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख ३ हजार बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानका...