सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।