ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

१० असार, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।