नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो ।

सम्बन्धित सामग्री

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

३१ वैशाख, नवलपरासी । नारायणी नदी व्यवस्थापनकालागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो । नदीले कटान गर्नसक्ने …

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर – पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ। स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर […]

नारायणी नदी तटबन्धविरुद्धकाे आन्दाेलन स्थगित

काठमाडाैं । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै स्थानीयले गरेको बिरोध रोकिएको छ । एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा तटबन्ध गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएपछि विरोध रोकिएको हो । अहिले नारायणी नदीको नारायणगढ तर्फको किनारमा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको बहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने […]

नारायणीमा एकतर्फी बनाउन लागिएको तटबन्ध रोक्न २४ घन्टे अल्टिमेटम

२३ चैत, चितवन।गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनी […]

नारायणी नदी संरक्षणमा प्राथमिकता

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गरे । सो अवसरमा महानगर […]

जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको व

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरू

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरू गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ ।  सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।  नारायणी नदी तटबन्ध व्यवस्थापन आयो...

नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै

चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म १ अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररूपमा लागिपरेको बताइन् । उनका अनुसार नदी तटबन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ, जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि  २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उनले जानकारी दिइन् । पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरीद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी आफूले प्राप्त गरेको दाहालले बताइन् । वर्षात्को समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही दिनअघि सोही क्षेत्रका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्वजनिक कार्यक्रममा तटबन्धको काम तत्काल अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रमुख दाहालले बताइन् । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएलगत्तै बहुवर्षीय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले बताएको छ । आयोजना प्रमुख रवीन्द्रबहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आफूले पाएको उल्लेख गरे । कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर दिनेश पौडेलका अनुसार गुरुयोजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । रासस

नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता

विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन ।नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र

नारायणी नदी तटबन्ध : रकम अभावले प्रभावित

वर्षा सुरु भएपछि नारायणी नदी किनारमा बस्ने बासिन्दाको चैन गुम्छ। नारायणी नदीको उचित तटबन्ध हुन नसक्दा तटीय क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य छन्। नारायणी तटबन्धबाट नवलपरासीपूर्र्वमा मात्रै ९० हजार बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित छन्। चितवनतर्फ तीन लाखभन्दा बढी प्रभावित छन्। नारायणी तटबन्धका लागि सरकारले पूर्वी नवलपरासी र चितवन जिल्लामा अर्बौं रकम लगानी गरेर तटबन्धको काम सुरु गरेको पनि वर्षौं भइसक्यो तर पनि समयमा रकम निकासा नहुँदा तटबन्ध अलपत्र परेको छ। नारायणी नदीका कारण गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका हरेक वर्षामा प्रभावित हुने गर्छन्। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मलनभक्त अधिकारीले गैँडाकोटको वडा नं १ देखि ९ सम्म तटबन्ध सुरु गरिए पनि रकम अभावले अगाडि बढ्न नसकेको बताउनुभयो।