नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरू

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरू गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ ।  सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।  नारायणी नदी तटबन्ध व्यवस्थापन आयो...

सम्बन्धित सामग्री

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता

चितवन– नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो । उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच–पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएको थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका […]

नारायणी नदीमा सी बिच : गैँडाकोटतर्फ तटबन्धको डीपीआर बन्दै

नारायणी नदीपारि गैँडाकोटतर्फ पनि तटबन्ध बन्ने भएको छ । चितवनको नारायणगढतर्फ नारायणी नदीमा तटबन्ध निर्माण भएपछि नदीको अर्काेतर्फको गैँडाकोटमा क्षति हुने भन्दै विरोधमा उत्रेका स्थानीयको माग सम्बोधन गर्न नारायणी नदी व्यवस्थापन कार्यालय तयार भएको छ।