पर्सा प्रहरीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग

२१ वैशाख, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रहरीका लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेपाल औषधि उत्पादक संघसँग सहकार्य गरेर संघले जिल्ला प्रहरी कार्यालय पर्सालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग …

सम्बन्धित सामग्री

सहारा एकेडेमीलाई एनआरएनएको सहयोग

पोखरा (हाम्रो खेलकुद)–सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स […]

स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा […]

प्रतिमान फाउन्डेसनले गर्‍यो एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

२५ भदौ, बुटवल । प्रतिमान निमा मेमोरियल फाउन्डेसनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतकाको […]

दुधपोखरी गाउँपालिकालाई १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

लमजुङ : ताइवानको टिजु चि फाउण्डेसनले लमजुङको विकट दुधपोखरी गाउँपालिकालाई १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फाउण्डेसनले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो।फाउण्डेसनले पल्स अक्सिजन ८५ थान, थर्मलगन १३ थान,  डिजिटल थर्मोमिटर ७८ वटा, सर्जिकल मास्क तीन हजार ९०० थान, सय मिलिमिटरको सेनिटाइजर ९९ वटा सहयोग गरेको छ। त्यस्तै, ग्लोब्स् पाँच हजार वटा, नजल अक्सिजन ट्यु १०० वटा र १० लिटरको तीन थान अक्सिजन कन्सन्टे«टरलगायतको स

स्थापना दिवसमा खाद्यान्न सहयोग

पोखरा महानगरपालिका वडा नं २७ स्थित तालचोक कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा श्रीकृष्ण प्रणामी वृन्दावन धाम डाँडाकोनाकलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।  सहकारीले चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका सामग्री हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड – १९ को सङ्कटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए । उक्त अवसरमा मास्क, स्यानिटाइजर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धामका गुरु स्वामी विष्णु वशिष्टले दाताह...

धादिङका स्थानीय सरकारलाई २१ लाखको स्वास्थ्य सामग्री सहयोग

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । वान हार्ट वल्डवाइडले मास्क, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।...

प्रदेश २ का आठ सय पत्रकारलाई स्वास्थ्य सामग्रीको प्याकेज सहयोग

जनकपुरधाम :  प्रदेश २ का  ८ जिल्लाका  पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहयोग गरिएको सुरक्षा सामग्रीमा  सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले

महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखामार्फत विविध कार्यक्रम सञ्चालन गरिँदै आएको बताएको छ । बैंकको भैरहवा शाखाले वैशाख २७ गते भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, स्यानिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरे ।  कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिँदै आएका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले यी सामग्री उपलब्ध गराएको हो । हाल बैंकले १०३ शाखाबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

सङ्कटमा प्रवासीको साथ

कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् ।समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ बागलुङको समन्वयमा मङ्गलबार धवलागिरि अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), १५ लिटर स्यानिटाइजर, सर्जिकल मास्क १० प्याकेट र सर्जिकल ग्लोब्स तीन प्याकेट हस्तान्तरण गरिएको हो । समाजका कार्यालय प्रमु

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस