सङ्कटमा प्रवासीको साथ

कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् ।समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ बागलुङको समन्वयमा मङ्गलबार धवलागिरि अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), १५ लिटर स्यानिटाइजर, सर्जिकल मास्क १० प्याकेट र सर्जिकल ग्लोब्स तीन प्याकेट हस्तान्तरण गरिएको हो । समाजका कार्यालय प्रमु