महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखामार्फत विविध कार्यक्रम सञ्चालन गरिँदै आएको बताएको छ । बैंकको भैरहवा शाखाले वैशाख २७ गते भीम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, स्यानिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरे ।  कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा दिँदै आएका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैंकले यी सामग्री उपलब्ध गराएको हो । हाल बैंकले १०३ शाखाबाट बैंकिङ सुविधा दिँदै आएको छ ।