प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गरेका छन् ।बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको र सोहीअनुसार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बनेको बताए ।त्यसैले राई नेतृत्वको सरकारलाई काँग्रेसको समर्थन र सहयोग रहने बताए । उनले गठबन्धनको पक्षमा मतदान गर्न पनि सांसदहर