रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द

३१ वैशाख, रौतहट । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ […]

सम्बन्धित सामग्री

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

१५ मंसिर, दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करिब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, […]

मतदान केन्द्रमा वृद्धको निधन

तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ। लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो।...

डोल्पाको फोतगाउँ मतदान केन्द्रमा मतदान सकियो

डोल्पा : जिल्लाको जिल्ला  शे-फोक्सुन्डो गाउँपालिका अन्तर्गत वडा-६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।आइतबार बिहानदेखि नै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको हो।मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतदान सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार उक्त मतदान केन्द्रमा ३४ मतदाता छन्।

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

४ मंसिर, बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य […]

उदयपुरका दुई मतदान केन्द्रमा महिला मात्र

उदयुरमा दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को अम्मेबर माध्यमिक विद्यालयको स्थलमा रहेको दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका हुन्...

पाँच पालिकाका सात मतदान केन्द्रमा मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ क

कर्णालीका तीन मतदान केन्द्रमा मतदान हुँदै

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।...

व्यास–८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने

दमौली- तनहुँको व्यास नगरपालिका–८ स्थित दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए। उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास […]

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ । गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीम

७७  केन्द्रमा मतदान स्थगित

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाए...