राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन आज

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि बिहीबार मतदान हुँदै छ । मतदान स्थल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानको सबै तयारी पूरा भएको छ । राष्ट्रपति निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले सम्पूर्ण तयारी पूरा भएको बताउँदै बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । सङ्घीय संसद्को राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य मतदाता रहेको एउटा मतदान केन्द्र र प्रदेश सभा सदस्य मतदाता रहेको अर्को गरी दुईवटा मतदान केन्द्र तोकिएका छन् ।