मास्क नलगाउनेलाई एक हजार जरिवाना

काठमाडौं । साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने बताएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । […]

सम्बन्धित सामग्री

पसलमा ‘१६ सेकेन्ड’ मास्क हटाउँदा २ हजार पाउण्ड जरिवाना, केस पुग्यो अदालत

बेलायतका एक व्यक्तिले पसलमा ‘१६ सेकेण्ड’ मात्रै मास्क खोल्दा उनलाई २ हजार पाउण्ड (२ लाख रुपैयाँ) जरिवाना गरिएको छ । क्रिस्टोफर नामका युवाले भनेका छन्, ‘इङ्गल्याण्डको प्रिस्कटको एक (प्रेस्कट) स्टोरमा किनमेल गर्दा माक्स लगाएका थिए, तर अस्वस्थ महसुस गरेपछि १६ सेकेन्डको लागि हटाए । यसैबीच, स्टोरमा उपस्थित एक प्रहरी अधिकारीले मास्क नलगाएको भनि नाम लेखे।’ […]

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

पर्सा, पुस २७ । जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरुसँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत हिजो लगभग ५ हजार जनालाई मास्क वितरण गरिएको […]

प्रहरीद्वारा १२ सयजनालाई निःशुल्क मास्क वितरण

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबिस घण्टामा १२ सयलाई निःशुल्क मास्क वितरण गरेको छ। नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’अन्तर्गत उनीहरूलाई मास्क वितरण गरिएको हो। कोरोना नियन्त्रण अभियान चलाउने क्रममा सोही अवधिमा प्रहरीले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा ५९७ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई ६१ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

देशभर ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखियो

काठमाडौं। मास्क नलगाइ हिडने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखेर कारबाही गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई मास्क लगाउने सर्तमा छाडिएको छ। त्यस्तै तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरेर छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

उपभोक्ता मूल्य नतोक्ने मास्क उद्योगलाई ५० हजार जरिबाना

१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ । हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई अधिकतम् खुद्रा मूल्य तोक्न निर्देशन […]

मास्क नलगाउने थाई प्रधानमन्त्रीलाई जरिवाना !

एजेन्सी। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालाई मास्क नलगाएको अभियोगमा ६ हजार भाट जरिवाना गरिएको छ। उनले सोमबार भ्याक्सिन खरिद गर्नेबारे सल्लाहकारहरूको बैठकमा जाँदा मास्क लगाएका थिएनन्। बैंककका गभर्नर असविन क्वानमुआङले सोमबार फेसबुकमा प्रधानमन्त्रीविरुद्ध प्रहरीमा उजुरी गरेको जानकारी दिए। सोसल मिडियामा प्रधानमन्त्रीको आलोचना भएपछि गभर्नर क्वानमुआङले प्रतिक्रिया दिएका हुन्। शनिबारदेखि नै थाइल्यान्डले आफ्नो सीमा बन्द गरिसकेको छ।

कोरोना कहर : मापदण्ड पालना नगर्ने एक हजार जनामाथि प्रहरीले चलायो मुद्दा

त्यसरीनै मास्क नलगाई हिँडडुल गर्ने २३ हजार नौ सय ४१ जनालाई होल्डिङ जोनमा राखिएको छ, भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड उल्लंघन गर्ने एक हजार चार सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ

यस्तो देश : मास्क नलगाउने प्रधानमन्त्रीलाई २० हजार जरिवाना !

कोरोना भाइरस संक्रमणको रोकथामका लागि विभिन्न देशले कडा नियम बनाएका छन् । तर सबै देशमा ती नियमको पालना भइरहेको छैन । नेपाल लगायत कतिपय देशमा शासक प्रशासन चलाइरहेका प्रधानमन्त्री, मन्त्री र कर्मचारीबाटै सरकारी मापदण्ड उल्लंघन भएका गुनासा सुनिन्छन् । तर एउटा यस्तो देश छ, जहाँ मास्क नलगाउने प्रधानमन्त्रीलाई जरिवाना गरिएको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओशा मास्क नलगाई सार्वजनिक स्थानमा देखिएपछि १९० डलर अर्थात् झण्डै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । बैंकका गभर्नरले कोरोना भाइरससँग सम्बन्धित मापदण्डको उल्लंघन गर...

उत्तर प्रदेशमा आइतबार लकडाउन, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिवाना

पहिलो पटक मास्क नलगाउनेलाई एक हजार रुपैयाँ, दोस्रो पटक पनि मास्कबिना सोही मान्छे भेटिए १० गुना बढी जरिवाना तिराइने टाइम्स अफ इन्डियाले जनाएको छ।