कोरोना कहर : मापदण्ड पालना नगर्ने एक हजार जनामाथि प्रहरीले चलायो मुद्दा

त्यसरीनै मास्क नलगाई हिँडडुल गर्ने २३ हजार नौ सय ४१ जनालाई होल्डिङ जोनमा राखिएको छ, भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड उल्लंघन गर्ने एक हजार चार सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ

सम्बन्धित सामग्री

निषेधाज्ञाले छेकेन विकास

पर्वत । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला पर्वतमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ । यसैगरी मोदी खोलामा निर्माणाधीन तीनओटा जलविद्युत् आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको काम सुचारु छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नियमित रूपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ । जिल्लामा संघ र प्रदेश सरकारमार्फत ग्रामीण सडकमा कालोपत्र गर्ने कार्य पनि भइरहेका छन् । मध्य पहाडी लोक मार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले असारसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिए । ‘असारसम्म सडक निर्माण सक्ने अन्तिम म्याद दिएका छौं,’ मरासिनीले भने, ‘तोकिएको अवधिभित्र काम सम्पन्न गर्न ताकेता गरिरहेका छौं ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कामदार खटिएको उनले बताए । पहिलो लहरको कोरोनाकालमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरमा भने मजदूर कार्यस्थलमै छन् । मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले अहिले सुरुङको फिनिसिङ, पावर हाउसको पर्खाल उकास्ने लगायत कामहरू भइरहेको जानकारी दिए । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्या देखिएको आचार्यले बताए । ‘आन्तरिक रूपमा निर्माण गर्दा खासै समस्या छैन, निर्माण सामग्री ढुवानीमा भने अलि अप्ठ्यारो भएको छ,’ उनले भने । मौज्दात रहेको सामग्रीले काम अघि बढाइएको उनको भनाइ छ । पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणमा पनि कोरोनाले खासै प्रभाव नपारेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । पूर्वाधार कार्यालयमार्फत पर्वतमा १४ ओटा सडकको कालोपत्र र स्तरोन्नति हुँदै छ । ‘गतवर्ष कोरोनाका कारण गाउँ पस्नै समस्या थियो,’ आचार्यले भने, ‘यो वर्ष त्यस्तो समस्या नभएकाले काममा खासै समस्या भएको छैन ।’ जिल्लामा संघ, प्रदेश र स्थानीय सरकार मार्फत सिँचाइ, खानेपानी, विद्युत् लाइन, ढल निकास, सडक विस्तार, औद्योगिक क्षेत्र स्थापना लगायत काम भइरहेका छन् । गतवर्ष कोरोनाले रोकिएका काम स्थानीय तहले यस वर्ष शुरू गरेका छन् । गतवर्ष नसकिएका काम बजेट रकमान्तर गरेर अघि बढेका छन् । तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा पुनः समस्या आउने त्रास भने कायमै छ ।

कोरोना कहर : कतै विद्यालय बन्द, कतै परीक्षा चलाउँदै पालिका

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिकाले कोरोना कहरका बीच कक्षा नौसम्मको वार्षिक परीक्षा सञ्चालनको तयारी गरेको छ । सरकारले देशभरका शिक्षण संस्थामा भौतिक उपस्थिति हुने कुनै पनि गतिविधिमा रोक लगाए पनि ओखलढुङ्गाका केही पालिकाले भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने तयारी थालेका छन् ।  ओखलढुङ्गामा कोरोना सङ्क्रमण नफैलिइसकेको, पछि थप जटिलता आउने र लकडाउन हुने अवस्था आउन सक्ने भएकाले दुई चरण गरेर परीक्षा केही दिनमै सम्पन्न गर्ने गरी तयारी गरिएको बताइएको छ ।  मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँ...

काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

काठमाडौं: काठमाडौं उपत्यकामा तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोभिड १९ को संक्रमण ह्वात्तै बढेपछि प्रशासनले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो। सरकारले यसअघि नै स्वास्थ्य मापदण्ड पालना गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर सरकारी निकालयबाट नै स्वास्थ्य मापदण्ड…