पसलमा ‘१६ सेकेन्ड’ मास्क हटाउँदा २ हजार पाउण्ड जरिवाना, केस पुग्यो अदालत

बेलायतका एक व्यक्तिले पसलमा ‘१६ सेकेण्ड’ मात्रै मास्क खोल्दा उनलाई २ हजार पाउण्ड (२ लाख रुपैयाँ) जरिवाना गरिएको छ । क्रिस्टोफर नामका युवाले भनेका छन्, ‘इङ्गल्याण्डको प्रिस्कटको एक (प्रेस्कट) स्टोरमा किनमेल गर्दा माक्स लगाएका थिए, तर अस्वस्थ महसुस गरेपछि १६ सेकेन्डको लागि हटाए । यसैबीच, स्टोरमा उपस्थित एक प्रहरी अधिकारीले मास्क नलगाएको भनि नाम लेखे।’ […]

सम्बन्धित सामग्री

ठगी मुद्दामा दोषी भनिएकी सपना चौधरी मास्क लगाएर अदालत पुगिन्

एजेन्सी । भारतकी ‘नृत्य रानी’ भनेर चिनिने सपना चौधरी प्राय विवादमा तानिने गर्छिन् । सपना यसपटक आफ्नो पुरानो ठगी मुद्दामा अदालतमा हाजिर भएकी छिन् । जसका कारण उनको चर्चा फेरि बढेको छ ।भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१८ को अक्टोबर महिनामा लखनउको आशियाना थाना क्षेत्रको स्मृति उपवनमा ‘डान्डिया नाइट्स विथ सपना चौधरी’ लाइभ कन्र्सट मा […]

कालो मास्क लगाएर सर्वोच्चमा वकिलहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपाल बार एसोसिएसनको आह्वानमा वकिलहरुले बुधबार कालो मास्क लगाएर प्रदर्शन गरेका छन् । आन्दोलनमा सहभागी हुने वकिलहरुको संख्या निकै कम हुँदै गए पनि बारले धर्नासहितको प्रदर्शन भने जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका हुन्। बुधबार वकिलहरु कालो मास्क लगाएर बार कार्यालयबाट नाराबाजीसहित सर्वोच्च अदालत […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध

कोभिडका बिरामीको उपचारमा हेलचेक्रयाई नगर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले प्रदेश २ सरकारलाई जनताको स्वास्थ्यसँग खेलवाड नगर्न आदेश दिएको छ । प्रदेश २ मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याई नगर्न अदालतले आदेश दिएको हो । अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको छ । न्यायाधीश डालकुमार खडकाको एकल इजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी हुँदाहुँदै बिरामीलाई अन्य अस्पता

सरकार कहाँ छ ?

जनतालाई चाहिएको छ उपचार र खोप, सरकारलाई  चुनाव । संसदीय व्यवस्था रे, संसद् चैं चल्नै नपाउने । कोही संसद् विघटन गर्ने । कोही अदालत जाने । संसद्को पुनरुत्थान गर्ने रे । देश र जनताको उत्थान चैं कहिले र कस्ले गर्ने होला ? छिमेकीहरू अन्तरिक्षको फन्को मार्दै गर्दा हामी चैं संसद् र अदालतकै फन्को लाइरहने हो कि ? एउटै दलका नेताहरू एकअर्कालाई कारबाही र स्पष्टीकरणको दोहोरी । छ्या ! राजनीति किन यत्ति फोहोरी ? हाम्रो देशमा यो सरकार भन्ने कुनै तत्वको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? सरकार भगवान् जस्तै भएर हो कि ‘छ’ भन्ने चाहिँ सुनिने, तर कतै नदेखिने । एकजना वृद्ध निषेधाज्ञामा पनि सरकारको खोजी गर्दै गाउँबाट राजधानीसम्म जसोतसो आएछन् । उनी चाहन्थे सरकारलाई भेटेर आफ्ना दुःखेसोहरू सुनाऊँ । तर उनले कि त सरकारका नोकरचाकरहरू भेटे, कि त जोकरहरू मात्र भेटे । सचिव, मुख्यसचिव र मन्त्री भनिनेलाई पनि भेटे । मेरो सरकार भनिरहने सरकारका मालिकलाई पनि भेटे । तर, सरकारको चैं दर्शन पाउन सकेनन्, सरकार चिन्न पनि सकेनन् । सरकार भनेको उनीजस्ता सामान्यजनको दुःखहर्ता, तिनका प्रश्नको उत्तरकर्ता हुन्छ भन्ने उनले सुनेका थिए । तर त्यो कतै भेटिएन । निराश, थकित र गलित भएपछि यी वृद्ध पशुपतिनाथ मन्दिर छेउ पुगेर एउटा कुनामा ढलेछन् । गहिरो निद्रामा उनको सपनामा स्वयं पशुपतिनाथ अर्थात् भोलेबाबा प्रकट हुनुभएछ । वृद्धले सोधेछन्– ‘हे भोलेबाबा ! तपाईं त्रिकालदर्शी हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ । कृपया मलाई बताइदिनोस् कि हाम्रो देशमा यो सरकार भन्ने कुनै तŒवको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? वा अरू केही ? ऊ कसरी हिँड्छ ? दुई खुट्टाले कि चारखुट्टाले ? उड्छ कि गुड्छ ? उसले काम चैं के गर्छ ? कसले अह्राएको गर्छ ? के बोल्छ ? बोलेको अनुसार गर्छ ? कहाँबाट बोल्छ, मुखबाट कि अन्य अंगबाट बोल्छ ?’ भोलेबाबाले गम्भीर भएर बोल्न थाल्नुभएछ – ‘हे बालक ! सरकारहरूलाई बुझ्न असम्भवप्रायः छ । यो छ पनि, छैन पनि । कर उठाउँदा दृश्य, जनता समस्यामा पर्दा अदृश्य । हामीले चाहेजस्तो नगर्ने, हामीले नचाहेको चाहिँ गर्ने । म त कुनै धन सम्पत्तिमा आशक्त छैन मात्र होइन, विरक्त नै छु । तर देखेनौ, म बाघको छालामै रमाउनेलाई एकाएक सुनको जलहरी भिराइदिएर कलंकित गरेको ? दुःखीहरूलाई दिनु नि । मन्दिरको कोषमा दिनु नि । मलाई यो के काम ? मलाई किन ?’ उहाँले थप्नुभएछ, ‘मैले हेर्दाहेर्दै सजिलै पाउन सक्ने स्वास्थ्य उपचारबाट हजारौं मनुवालाई वञ्चित गराइयो । मेरो आँगनमा ल्याइएका शवहरूको राम्रोसँग दाहसंस्कार समेत हुन पाएन । ‘जो अगुवा उही बाटो ...के भनेझैं, देशकै कार्यकारी प्रमुखमाथि जालसाझीलगायत झण्डै आठ सय मुद्दाहरू परेका छन् । अनादिकालदेखि जताततै यति धेरै अत्याचार, चित्कार र हाहाकार मैले कहिल्यै देखेको थिइनँ । बालक ! के सरकार भएको भए यस्तो हुन्थ्यो र ?’ वृद्धले फेरि सोधे– ‘प्रभु ! अदृश्य नै सही, कतै न कतै त सरकारको अस्तित्व त होला नि  । नत्र यो केन्द्रीय सरकार, प्रान्तीय सरकार, स्थानीय सरकार आदि अनेक नामको सरकार के हुन् त ? ’ भोलेबाबा भन्नुहुन्छ– ‘हो, सरकार विभिन्न रूपमा भने छ । तर अदृश्य रूपमा । कहिले त्यो बिजुलीका पोलमा देखिन्छ, कहिले अक्सिजनका सिलिण्डरमा भेटिन्छ । तर त्यसरी भेटे पनि काम लाग्दैन । त्यस्तो रूप त सरकारका नोकरचाकरको फाइदाका लागि मात्र हो । सरकार त आफ्नै नोकरचाकरझैं भूतप्रेतजस्तै हुन्छ ।’ वृद्धले फेरि सोधे– ‘प्रभु ! त्यसो भए सरकार चल्छ कसरी ?’ भोलेनाथले भन्नुभयो– ‘सरकार धेरैजसो हेलिकोप्टर या कारमा हिँड्छ, अर्थात् विनाखुट्टै हिँड्छ । त्यसैले कहिलेकाहीँ लड्छ पनि । कहिले ऊ कामचलाऊ बनेर बस्छ । त्यसो भएपछि झन् मनपर्दी काम गर्न पाउँदो रहेछ । उसको कान हुँदैन, त्यसकारण कसैको सुन्दैन पनि । अनि त दुःखी, आपत्मा परेकाहरूको चित्कार उसले सुन्ने कुरै भएन । उसको आँखा पनि हुँदैन । त्यसैले जनताको दुःख देख्दै देख्दैन । तर, आफूलाई फाइदा हुने कुरा चाहिँ सुन्छ र देख्छ पनि । उसको हात पनि हुँदैन, तर नानाभाँती उपद्रो कर्महरू भने गरिरहन्छ ।’ वृद्धले फेरि जिज्ञासा राखे– ‘त्यसो भए यो सरकार भन्ने जीवले खान्छ चैं के त ?’ भोलेबाबाले उत्तरमा भन्नुभयो – ‘मुख छैन । तर सबैथोक खान सक्छ । सरकारको सुँघ्ने र खाने शक्ति बेजोड हुन्छ । ऊ सबै प्रकारका रसको पनि उपभोग गर्छ । खान अयोग्य भनेका वस्तुहरू त बढी नै खाइदिन्छ, जस्तै घूस । सिंगै पुल क्वाप्प पार्छ । सिमेण्ट, इँटा, छड पनि खाइदिन्छ । कहिले हवाईजहाज खाइदिन्छ, कहिले पानीजहाज र रेल । भेन्टिलेटर, खोप, सिरिन्ज, पञ्जा, मास्क, सिलिण्डर, औषधि त झिनामसिना भइहाले । यी सबै खाएर पचाइदिन्छ पनि । तर मुखै नदेखिने भएकाले खाएको हो भनेर प्रमाणित गर्न चैं सकिन्न । सरकारलाई प्रत्यक्ष रूपमा देख्न, अनुभव गर्नै पाइँदैन । खासमा सरकारको आकार ठूलै हुन्छ । तर त्यो प्रकटीकरण हुँदैन, अर्थात् देखिँदैन । हामी देवताहरू जस्तै बन्न खोजेर होला, ऊ पनि निराकार भएर पो बसेको छ त ।’ दुःखी वृद्ध अलमलमा पर्छन् । यो देखेर भोलेबाबा फेरि भन्नुहुन्छ– ‘त्यसैले हे मनुष्य ! तिमी सरकारको खोजी गर्नै छाडिदेऊ । बाहिर बाहिर भट्किएर नहिँड । बरु आँखा बन्द गरेर आफैभित्र खोज । सरकार तिमी आफैभित्र फेला पर्छ ।’ यति भनिसकेर भोलेबाबा अन्तरध्यान हुनुभएछ । सामुन्ने प्रहरीले हकार्दै थियो, ‘ओई निषेधाज्ञामा तँ यहाँ किन ? जाक्दिम जेलमा ?’ वृद्ध झल्याँस्स बिँउझिएछन् । तपाईं हामी पनि बिँउझिने बेला भएन र ?

वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले सोमवारदेखि मास्क नलगाई हिँड्नेहरूलाई १ सय रुपैयाँ जरिवाना तिराउन शुरू गरेको छ। प्रशासनको आदेशमा पर्सा प्रहरीले मास्क नलगाई हिँड्नेहरूलाई जरिवाना तिराउन शुरु गरेको हो। कोभिड संकट व्यवस्थापन समितिले बारम्बार मास्क अनिवार्य लगाएर घरबाहिर हिँड्न अनुरोध गर्दै आएपनि मानिसहरुले अटेर गर्दै आएका छन्। उच्च अदालत…

प्रदेश ५ मा नि:शुल्क मास्क तथा औषधि वितरण गर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं- उच्च अदालत नेपालगञ्जले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सबै जनतालाई नि:शुल्क मास्क वितरण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।  सार्वजनिक सरोकारको विषय भन्दै...