बेलहिया नाकाबाट तीन सय नेपाली भित्रिए, साढे चौध सय बाहिरिए

रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् । नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो । विभिन्न इटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको उहाँले जानकारी दिनुभयो । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।

सम्बन्धित सामग्री

माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट ५२९ जनाको उद्धार

नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको जनाएको छ। घरपरिवारसँगको सल्लाह बिना रोजगारी, विवाह वा घुम्न जाने बाहनामा नेपालगञ्ज नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई माइती नेपालले नाकाबाट फिर्ता गरेको हो। माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै गत वर्षभन्दा यो […]

४० प्रतिशत राजस्वको स्रोत इन्धन, वीरगन्जका नाकाबाट २ सय ५३ अर्ब राजस्व संकलन

वीरगन्जका दुईवटा नाकाबाट चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ५३ अर्ब ५५ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ।...

रसुवागढी नाकाबाट ३ सय ९१ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवा - रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३ सय ९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको थियो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ...

रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको छ । नाकाबाट सामग्री आयात अनियमित हुँदा खाद्य सामग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ।चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ । कार्यालयको तथ्यांक अनुसार फल तथा साग

रसुवागढी नाकाबाट ११ महिनामा ३ सय ३५ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवा -  रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामग्री आयात भएको छ । नाकाबाट सामग्री आयात अनियमित हुँदा खाद्य सामग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ । कार्यालयको तथ्याङ्क अन...

नेपालगञ्ज नाकाबाट ५ सय महिलाको उद्धार

मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १०

चेलिबेटी बेचबिखनमा फेसबुके जालाे, नेपालगञ्ज नाकाबाट ४३४ युवतीको उद्धार

जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ ।

बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षमा चार सय बढीको उद्धार

बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षको अवधिमा चार सय बढीको उद्धार गरिएको छ ।

रसुवागढी नाकाबाट १५ सय अक्सिजन सिलिन्डर भित्रियो

रसुवा - रसुवागढी नाकाबाट १ हजार ५ सय वटा अक्सिजन सिलिन्डरको भित्रिएको छ । चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५ सय वटा सिलिन्डर आएकाे हो । गएको ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ । चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझ्नुभएक...

तातोपानी नाकाबाट भित्रियो २५ सय अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ ४ । कोरोना संक्रमित बढेसँगै भएको अक्सिजनको अभाव पूर्ति गर्न चीनबाट आयात गरिएको अक्सिजनका सिलिण्डर तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । नेपाली व्यापारीले मगाएका १८ हजार खाली सिलिण्डरमध्ये सोमवार मध्याह्न २५ सय थान तातोपानी भन्सारमा आइपुगको हो । उक्त सामग्रीको भौतिक जाँच गरी काठमाडौं पठाइने तातोपानी भन्सार प्रमुख नारदमणि गौतमले बताए । ‘स्वास्थ्य […]