मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।उनका अनुसार नेपाल–भारत सिमाना जमुनाह नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १०