बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षमा चार सय बढीको उद्धार

बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षको अवधिमा चार सय बढीको उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

१० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान

२५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज कारागारमा गत बुधबार बिहान एक कैदीबन्दीको मृत्यु भयो । कारागारका जेलर अर्जुनजंग शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह एक्कासी बिरामी परेपछि भेरी अस्पताल लगिएको थियो । …

साना व्यवसायमा लगानी गर्दै नेपालगञ्ज उपमहानगर

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा विपन्न समुदायका व्यक्तिद्वारा सञ्चालित साना उद्यम व्यवसायमा लगानी गरिरहेको छ । साना व्यापार व्यवसाय सञ्चालन गर्ने लक्षित समुदायका व्यक्तिलाई साझेदारी विकास कार्यक्रमअन्तर्गत ५ वर्षदेखि लगानी गर्दै आएको नेपालगञ्ज उमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उपमहानगरपालिकाले साझेदारी विकास कार्यक्रमका लागि यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ भने संघीय सरकारमार्फत आएको ५० लाख रुपैयाँ पनि सोही कार्यक्रमका लागि छुट्ट्याएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पहिलो चरणमा ४८ जना साना व्यवसायीलाई ८० लाख रुपैयाँ लगानी गरेको छ । उपमहानगर प्रमुख विष्टका अनुसार प्रजातन्त्र दिवसको अवसरमा वडा नं ४, ७, ८, ९, ११ र २० का साना व्यवसायीलाई लगानी गरिएको हो । उनीहरूलाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवं नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कौशलकुमार धोबीले उक्त रकम वितरण गरेका हुन् । सानो व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिलाई आर्थिक सहजताका लागि रकम वितरण गरिएको उनले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएका वर्ग र अल्पसंख्यकको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गर्दै आएको छ । ५ वर्षमा करीब ५०० जना साना व्यवसायीलाई ४ करोड रुपैयाँ लगानी गरिसकेको साझेदारी विकास कार्यदलका संयोजक धोबीले जानकारी दिए ।  उक्त रकम वार्षिक १० प्रतिशत ब्याजदरमा प्रदान गरिएको हो । उक्त कार्यक्रमबाट रकम लिएका व्यवसायीले १८ महीनामा चुक्ता गर्नुपर्ने प्रावधान छ । नेपालगञ्जले विनाधितो उक्त लगानी गरिरहेको छ ।

नेपालगञ्ज भन्सारको राजस्व संकलनमा वृद्धि

बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महीनामै ५ अर्ब ४९ करोड राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको राजस्व संकलन वृद्धि ११० प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले २१ अर्ब राजस्व संकलन गरेको थियो । चालू आवमा २५ अर्ब राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा पेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताए । नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व संकलन गर्न समस्या हुने गरेको भण्डारीले बताए । रासस

लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

दाङ - लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो । घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भ...