इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे । डा. प