चीनले नेपाललाई सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच बुधवार मन्त्रालयमा भेटवार्ता भएको थियो ।
भेटमा यान्छीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको राज्यमन्त्री श्रेष्ठले बताए ।
यस्तै आउन सक्ने तेस्रो लहरसँग जुध्न चीनले ५० लाख चिनियाँ युआन अनुदानस्वरुप दिने श्रेष्ठको भनाइ छ । साथै चीनले तीन लाख खोप नेपाल आर्मीमार्फत् प्रदान गर्ने पनि जनाइएको छ ।&...