नेपाल लाइफद्वारा ५ अर्बभन्दा बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा ५ दशमलव ०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो । इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभयो ।प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त […]

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत एक करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, […]

नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्ष २०७८–७९...

फरवाड लघुवित्तद्वारा मृत्यु दाबी भुक्तानी

फरवाडका ताप्लेजुङ शाखा प्रवन्धक युवराज खतिवडाका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ माछापोखरीकी कालीमाया हेम्ब्या मादेनको लिम्बूको मृत्युपछि मृतकका छोरा भूपाललाई बीमा वापत ३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ।...

गुराँस लाइफले एकैदिन गर्‍याे २६ लाखको मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकैदिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ

गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दाङमा मृत्यु दाबी भुक्तानी गरेको छ । दाङको तुलसीपुरमा बसोवास गर्ने बीमित केशव वलीको मृत्युपछि बीमितले इच्छाएको व्यक्ति उनकी श्रीमती रूपा केसीलाई दाबी भुक्तानी दिइएको कम्पनीले बताएको छ । कम्पनीको तुलसीपुर शाखा प्रमुख सतीशकुमार धितालले मृत्यु दाबीको भुक्तानीबापत ४ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. वलीले ४ लाख रुपैयाँ बराबरको ‘गुराँस सावधिक जीवन बीमा’ गरेका थिए । शाखा प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।

नेपाल लाइफले गर्‍यो मृत्यु दाबी भुक्तानी

पुस २९, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ५ लाख ९२ हजार ८५ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ ।  कम्पनीले बीमित मनिता अधिकारी दवाडीको मृत्यु दाबी बापतको रकम उनका हकवाला श्रीमान रामशरण अधिकारीलाई भुक्तानी दिएको हो ।  कम्पनीको काठमाडौं शाखाकी प्रबन्धक अनिता अधिकारीले सम्बन्धित एजेन्सी म्यानेजर दिवाकर खड्काको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेकी हुन् ।  मृतक बीमित मनिता अधिकारीले रू. ५ लाख ९२ हजार ५ लाख बराबरको १५ वर्षे जीवन बीमा २०७५ साल मंसिर १८ गते गरेको एजेन्सी म्यानेटर खड्काले जानकारी दिए ।  उनका अनुसार बीमित अधिकारीको मृत्यु क्यान्सर रोगका कारण २०७८ साल कात्तिक ६ गते भएको हो ।

एशियन लाइफको मृत्यु दाबी भुक्तानी

धरान (अस) । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बेलका–३ उदयपुरका हिरणबहादुर बस्नेतको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएका बीमित बस्नेतकी श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८ सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतक बस्नेतले ९ वर्षअघि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनीबाट २ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ पाउनेमा कर्जा साँवा ब्याज कट्टा गरी रकम उपलब्ध गराइएको धरान शाखा प्रबन्धक सुजन भण्डारीले बताए ।

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]

बिमा दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ।