क्रिकेट र फुटबल छाडेर रग्बी खेलाडी हुँदै प्रशिक्षक

काठमाडौँ – कक्षा १२ पश्चात रमाइलोका लागि रग्बी सुरु गरेका नवीन गिरीले यसै खेललाई कर्मथलो बनाउने सोचेका थिएनन् । तर, रग्बी खेलमा संलग्न भएसँगै विस्तारै यो नवीनको पहिचान बन्दै गयो । अध्ययनका लागि जापान गएका नवीनलाई रग्बीले पछ्याउँदै आयो । जापानको ए डिभिजन रग्बी क्लब टोकियो क्रुसेडरमा पनि खेल्ने अवसर प्राप्त भयो । नबिन राष्ट्रिय […]

सम्बन्धित सामग्री

पारस र साबित्रासहित यी हुन् उत्कृष्ट खेलाडी (तस्बिरहरु)

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का दशककै सर्वोत्कृष्ट खेलाडी बनेका छन्। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पारस दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् भने जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक बनेका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीले ‘टिम अफ […]

पारस खड्का दशक कै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याईसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प¥याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो ।

पिपल च्वाइस अवार्ड एलिना महर्जनलाई, पारस र साबित्रा दशककै उत्कृष्ट खेलाडी

काठमाडौं : पल्सर स्पोर्टस अवार्ड २०७७ सम्पन्न भएको छ। यो वर्षको टिम अफ द एयर (वर्ष टिम) अवार्ड नेपाली राष्ट्रिय फुटबल टोलीलाई दिइएको छ। कोच अफ द डिकेड (दशकका उत्कृष्ट प्रशिक्षक)को अवार्ड भने क्रिकेट प्रशिक्षक जगत टमाटालाई प्रदान गरिएको छ। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड सत्तम अल सेहलीले पाए भने डा अजय…

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।

वर्ल्ड च्याम्पियनसिपमा विजयी खेलाडीले १ करोड ५६ लाख पुरस्कार पाउने

काठमाडौं । सरकारले क्रिकेट, साग फुटबल एवम् वर्ड च्याम्पियनसिपमा विजयी खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई १