पारस खड्का दशक कै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याईसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प¥याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो । 

सम्बन्धित सामग्री

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द […]

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त

हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं पारस खड्का, नेपाली क्रिकेट टिमका पूर्व कप्तानलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गर्दछ। हाइफ्युचरको ब्राण्ड एम्बेसडरको रूपमा पारस खड्का नेपालमा उनको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर, र स्मार्टवाचहरूसहितको अभिनव रेंजको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई प्रमोट...

पूर्व कप्तान पारस खड्का हेल्थ एट होमको सद्भावना दुतको रूपमा आबद्ध

नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिदै आएको हेल्थ एट  होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दुतका रूपमा आबद्ध भएका छन् ।  खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले  संद्भावना दुतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो । हेल्थ एट होमले पारसको परिवार, छरछिमेकी र...

पारस खड्का र प्रियंका रानी जोशी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

आखिर के चाहन्छन् पारस खड्का? PARAS KHADKA ll Deshsanchar Podcast EP 56

Deshsanchar · आखिर के चाहन्छन् पारस खड्का? PARAS KHADKA ll Deshsanchar Podcast EP 56

पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् । बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् । ३४ वर्षीय पारसले […]

पारस खड्का कोरोना संक्रमणमुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन्