एमसीसीबारे अनिर्णीत बन्यो जसपा बैठक

काठमाडौं, १४ फागुन :  सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन । निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक […]

सम्बन्धित सामग्री

समानुपातिक सांसदबारे निर्णय लिन जसपा बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी कार्यालयमा बिहान ८ बजेपछि बस्ने बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने साे पार्टीले जनाएकाे छ । जसपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५ सिट पाएकाे छ ।

जसपा बैठक : मेयरले गुनासो पोखे, मन्त्रीले उत्साह जगाउने कुरा गरे

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक वीरगञ्जमा शुरु भएको छ । उद्घाटन सत्रमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले आउने संघीय चुनावमा पर्साका चारवटै क्षेत्र जसपाले जित्ने दावी गरे । उनले स्थानीय तहमा जसपाले वीरगञ्जमा राम्रो उपस्थिति देखाएको र  आगामी चुनावमा चारवटै क्षेत्रमा जसपाले जित्ने दावी गरेका हुन् । वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा शुरु भएको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत मन्तव्

बाबुराम र उपेन्द्रको आ-आफ्नो बहुमत कायम गर्ने दाउ, जसपा बैठक अनिश्चित

जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा पनि भएको छैन ।जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ । जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने, ‘अहिलेसम्म चुनाव नै सकिएको छैन, जिल्लाहरूमा जिल्ला समन्वय समितिको चुनाव चलिरहेको छ ।

जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’bout छलफल थालेको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवारको मापदण्ड’bout छलफल सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा पेस भएको छ । सो […] The post जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्योलमा जसपा बैठक, तीन शीर्ष नेता पनि छलफलमा बसेनन्

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चित भएको छ  । फागुन १३ गतेदेखि सुरु भएको बैठक दुई दिनसम्म बस्दा कुनै सहमति नभएपछि तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो तर अहिलेसम्म ती शीर्ष नेताको पनि बैठक बस्न सकेको छैन ।कार्यकारिणी समितिको बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । तर कुनैमा सहमति हुन नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई सहमतिका खाका बनाउने जिम्मेवारी दिएको थियो । तर आज शीर्ष नेताको बैठक बस्न

जसपा बैठक : विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ । बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव […]

जसपा बैठक : १२ एजेण्डामा छलफल

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । पार्टीको कार्यकारिणी समितिको शुक्रबारदेखि सुरु बैठकका लागि विभिन्न १२ वटा एजेण्डा पेश भएको पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीले बताए । उनका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सु

सरकारमा सहभागिताबारे छलफल गर्न जसपा बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।  काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जारी बैठक आज सम्पन्न हुनेछ ।  बैठक सोमवारदेखि शुरू भएको थियो ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी भएको जसपाले जनाएको छ ।  बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने  जसपाका एक नेताले जानकारी दिए ।  आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभि...

जसपा बैठक बस्दै, महन्थ पक्षबारे ठोस निर्णय हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक आजपनि बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा १ बजे बस्न लागेको बैठकले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महन्थ ठाकुर पक्षका १६ जना नेतालाई के गर्ने विषयमा ठोस निर्णय हुनेछ । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये १६ जनाले जसपाको आधिकारिकताको विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका छन् । महन्थ ठाकुर पक्षले आफूहरु अझै जसपामा नै रहेको दावी गर्दै आइरहेको कारणले जसपाले उनीहरुको बारेमा आज केही स्पष्ट पार्ने कार्यकारिणी सदस्य

अचानक किन स्थगित भयो जसपा बैठक ? महन्थ र उपेन्द्र पक्षको कुरा बाझियो

सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)को बहुप्रतिक्षित केन्द्रीय कार्यकारिणी समिति बैठक अन्तिम समयमा आएर स्थगित भयो । संगठन समायोजन, समसामयिक राजनीतिक अवस्था र विविध गरी तीन एजेन्डामा छलफल गर्नका लागि बिहीवार बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित गरिएको हो । ५३ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठकमा सहभागिताका लागि प्रायजसो काठमाडौं आइसकेको अवस्थामा अचानक स्थगित गरिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  जसपाका केन्द्रीय कमिटीका अध्यक्ष उपेन्द्र यादवले एकतर्फी रूपमा पार्ट...