जसपा बैठक : मेयरले गुनासो पोखे, मन्त्रीले उत्साह जगाउने कुरा गरे

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक वीरगञ्जमा शुरु भएको छ । उद्घाटन सत्रमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले आउने संघीय चुनावमा पर्साका चारवटै क्षेत्र जसपाले जित्ने दावी गरे । उनले स्थानीय तहमा जसपाले वीरगञ्जमा राम्रो उपस्थिति देखाएको र  आगामी चुनावमा चारवटै क्षेत्रमा जसपाले जित्ने दावी गरेका हुन् । वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा शुरु भएको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत मन्तव्