‘अग्निपथ’ योजनाले भारत अशान्त बन्यो । यसको देशव्यापी हिंसात्मक प्रदर्शन र विरोध भयो । भारत बन्दको आह्वान गर्दै हजारौँ युवा सडक उत्रे तर भारतीय रक्षा मन्त्रालय र सेनाले यो योजना फिर्ता गरेनन् । सेनामा जवानलाई चार वर्षका लागि भर्ना लिने सरकारी योजना अग्निपथविरुद्ध आन्दोलन चुलिएका बेला रक्षा मन्त्रालय र सेनाले उक्त योजना लामो समयको अध्ययनपछि ल्याइएकाले पुनर्विचार नहुने बताएका हुन् ।