सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउव

सम्बन्धित सामग्री

नेपाल निवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच डेढ घण्टादेखि छलफल जारी छ। परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत नयाँ सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव लिएर प्रधानमन्त्री...

राप्रपाको बैठकमा ७ एजेन्डामा छलफल जारी, सरकारमा सहभागी होला ?

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रित कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा विभिन्न ७ एजेन्डा तय गरिएको छ । जसमध्ये मुख्य एजेन्डामा पार्टीको सरकारमा सहभागितासम्बन्धी रहेको छ।  पार्टीभित्र सरकारमा सहभागी हुने नहुनेबारे दुई लाइन रहेको सन्दर्भमा आजको बैठकले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकले केन्द्रका साथै प्रदेश सरकारमा पार्टीको रणनीति तथा योजनाका विषयमा पनि निर्णय गर्ने प्रवक्ता भुवन पाठकले जानकारी दिए । य

प्रचण्ड नेतृत्वको सरकारमा सिके राउत नेतृत्वको पार्टी सहभागी हुने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए । कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका

सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।...

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

सभामुख र दलका प्रतिनिधिबीच छलफल जारी

काठमाडौं। सभामुख अग्नी सापकोटा र विभिन्न दलका प्रतिनिधिबीच छलफल जारी छ। २ बजेपछि संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सहभागी छन्। सभामुख सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्।

पूर्वसभामुखसँग सभामुखको छलफल जारी

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग अहिले छलफल गरिरहेका छन्।संसद भवन नयाँबानेश्वरस्थित भइरहेको छलफलमा पूर्वसभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाट भने भर्चुअल माध्यामबाट बैठकमा जोडिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनका अनुसार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा सहभागी छैनन्। सभामुख सापकोटाले एकै कार्यकालमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे स

निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं। चुनावको घोषणा भएसँगै निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग छलफल भइरहेको पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले बताए। जारी छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता खरेलसमेत सहभागी छन्।