निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं। चुनावको घोषणा भएसँगै निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग छलफल भइरहेको पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले बताए। जारी छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता खरेलसमेत सहभागी छन्।