युद्धकै बीच अफगान सरकार र तालिबान बीच भेटवार्ता

काठमाण्डाै – अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ ।कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई ख...

सम्बन्धित सामग्री

तालिबान काबुलमा आइपुगेपछि अफगान सरकार शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको बीबीसीले खबर दिएको छ । देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताए । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गर...

चारै दिशाबाट काबुल प्रवेश गर्न थाले तालिबान विद्रोही : के गर्लान् घानी ?

तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो ।अफगान सरकार र तालिबानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिबानका नेताले हिंसामा जोड न...

अफगान शान्तिका लागि एक मात्र विकल्प : वार्ता

अफगान प्रशासन र तालिबान दुवैले सत्ता हातमा हुनु भनेको जनताको सेवक हुनु हो भनेर थाहा पाउन जरुरी छ   काबुलमा नियन्त्रण गर्नका लागि अफगान सरकार र तालिबान संघर्षरत छन् । तर, दुवैले...

चीन–तालिबान भेटवार्तामा अमेरिकी नजरः एउटा सकारात्मक प्रयास

एजेन्सी। अमेरिकाले यसै साता तालिबान प्रतिनिधि र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भएको भेटवार्तालाई ‘एक सकारात्मक प्रयास’ बताएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले अफगानिस्तान मामिलामा चीनले बढाएको चासोलाई सकारात्मक बताएका हुन्। चीनले अफगान सरकार र तालिबानबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान र समावेशी सरकारको खोजी गर्नुपर्ने सुझाव समेत उनले दिएका छन्।

अफगानिस्तानबाट अमेरिका भागेपछि रुस भयो सक्रिय

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै देशमा पुनः एकपटक तालिबान र अफगान सेनाबीच हिंस्रक संघर्ष भइरहेको छ ।  यस गृहयुद्धले अफगानिस्तान आफैंलाई मात्र नभई यस क्षेत्रलाई नै असर पार्ने भएकाले इरानपछि रुसले पनि यसलाई साम्य पार्ने प्रयास बढाएको छ ।  अफगान सरकार र तालिबानको एक प्रतिनिधिमण्डल मस्को पुगेको छ । त्यहाँ दुई पक्षबीच कुराकानी हुनेछ ।  भारतका विदेशमन्त्री एस जयशंकर पनि यसैबीच रुस पुगेका छन् ।  तालिबान नेताहरूले रुस पुगेर पुटिनलाई आफूहरू सत्तामा आएमा रुस तथा मध्य एसियाली मुलुक...

अफगानिस्तान : सडक किनारमा बम विस्फोट, कम्तीमा ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ । अफगान सरकार र तालिबानबीच कतारमा शान्तिवार्ता हुन लागेको बेलामा विस्फोट भएको हो ।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।  हालैका महिनामा इस्लामिक स्टेट समूहले काबुलमा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएको छ ।  तालिबान लडाकूहरूले स...

सन् २०२० मा पनि सफल भएन अफगान शान्तिवार्ता, कहाँ चुक्यो सरकार र विद्रोही पक्ष ?

-मोहिनी मिश्र रिसालकाठमाडौं । शान्तिको पखाईमा रहेका अफगान नागरिकको शान्तिको आशा सन् २०२० मा पनि पूरा हुन सकेन । पछिल्लो दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको थियो । यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ । यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको हो । तर पनि सो वार्ता भने अहिलेसम्

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएन : तालिबान

अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्त राज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका

अफगानिस्तान: तालिबानसँग ‘ऐतिहासिक’ शान्ति वार्ता सुरु - BBC News नेपाली

पहिलोपटक अफगान सरकार र तालिबान विद्रोहीबीच प्रत्यक्ष वार्ता हुँदै गर्दा अमेरिकी विदेशमन्त्रीले त्यसलाई ‘ऐतिहासिक’ भनेका छन्।

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।