तालिबान काबुलमा आइपुगेपछि अफगान सरकार शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको बीबीसीले खबर दिएको छ । देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताए । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गर...

सम्बन्धित सामग्री

अफगानिस्तान शान्ति प्रक्रियामा तालिबानको बेवास्ता

अफगानिस्तानमा इस्लामिक लडाकु तालिबान समूह शान्ति प्रक्रियामा आउन नचाहेको त्यहाँको सरकारले बताएको छ। शान्ति प्रक्रियाका लागि अफगान सरकार तयार रहे पनि तालिवान त्यसको पक्षमा तत्पर नदेखिएको शान्ति राज्यमन्त्री सैयद सादत मन्सुर नदेरीले बताए।

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।