१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।