इन्टर फर्किए एरिक्सन

 क्रिस्टियन एरिक्स इन्टर मिलान फर्किएका छन् । यूरो २०२० मा डेनमार्कविरुद्धको शुरुवाती खेलमा कार्डियाक अरेस्टका कारण मैदानमा नै ढल्न पुगेका एरिक्सन पहिलोपटक आफ्नो क्लब पुगेका हुन् ।इन्टरले एरिक्सनको मानसिक तथा शारीरिक अवस्था उत्कृष्ट रहेको बताएको छ । कार्डियाक एरेस्टपछि २९ वर्षीय खेलाडीको मुटुमा यन्त्रसमेत जडान गरिएको थियो । बुधबार इन्टरको ट्रेनिङ सेन्टरमा पुगेका एरिक्सनले सहकर्मी, स्टाफ तथा क्लबका अधिकारीहरुसँग तस्विर खिचाएका थिए ।    View this post on Instagram &nb

सम्बन्धित सामग्री

प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो ।यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको दुई मिनेटभित्र गोल गरे । अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । उनले फुटबलको

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् । एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत […]

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

मार्काका अनुसार डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा तीन सिजनका लागि अनुबन्धित भएका छन्। एरिक्सनले भने,"म्यानचेस्टर युनाइटेड एक विशेष क्लब हो, म भविष्यको लागि अझ उत्साहित छु ।"

एरिक्सन डेनमार्कको राष्ट्रिय टोलीमा समावेश

एजेन्सी – मिडफिल्डर क्रिस्टियन एरिक्सन युरो २०२० को दौरान ह्रदयघात भएयता पहिलो पटक डेनमार्कको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए । उनलाई प्रिमियर लिगको […]

डेनमार्कको टोलीमा परे एरिक्सन

१ चैत, काठमाडौं । युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका क्रिस्टियन एरिक्सन त्यसपछि पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् । प्रशिक्षक क्यास्पर हलमन्डले २३ सदस्यीय राष्ट्रिय टिममा एरिक्सनलाई पनि समावेश गरेका छन् । डेनमार्कले मार्च २६ गते आम्सटर्डममा नेदरल्याण्ड्ससंग खेल्नेछ भने मार्च २९ मा सर्वियासंग घरेलु मैदानमा खेल्नेछ । एरिक्सन गत वर्ष युरोकपमा फिनल्याण्ड […]

मैदानमा फर्किए एरिक्सन

शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए । गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् ।  ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका

एरिक्सन इन्टर मिलानमा फर्किए

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् । बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर […]

म ठीक छु : एरिक्सन

एजेन्सी। युरोकप फुटबलअन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अहिले आफू ठीक रहेको बताएका छन्। उनले इन्स्टाग्राममा सबैले पठाएको न्यानो र अद्भुत साथको लागि धन्यवाद दिँदै आफूले अहिले राम्रो महसुस गरिरहेको र ठीक रहेको जानकारी दिएका हुन्। युरोकपमा शनिबार राती फिनल्याण्डविरुद्धको खेलमा खेलको ४३औं मिनेटमा एरिक्सन मैदानमा ढलेका थिए।

जब डेनमार्कका एरिक्सन मैदानमा नै बेहाेस भए ..

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो । उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ । ...

होसमा आए एरिक्सन

काठमाडाैं : डेनमार्क र फिनल्याण्डबीच जारी खेलमा एक्कासि मैदानमा ढलेका मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन्।यूईएफएले एरिक्सन होसमा आएको र अस्पताल लागिएको जानकारी दिएको हो। यूईएफएले केही बेरअघि मात्र एरिक्सनको अवस्थाबारे जानकारी दिँदै होसमा आएको जनाएको छ।उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा लागिएको युइएफएले जानकारी दिएको छ।