म ठीक छु : एरिक्सन

एजेन्सी। युरोकप फुटबलअन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अहिले आफू ठीक रहेको बताएका छन्। उनले इन्स्टाग्राममा सबैले पठाएको न्यानो र अद्भुत साथको लागि धन्यवाद दिँदै आफूले अहिले राम्रो महसुस गरिरहेको र ठीक रहेको जानकारी दिएका हुन्। युरोकपमा शनिबार राती फिनल्याण्डविरुद्धको खेलमा खेलको ४३औं मिनेटमा एरिक्सन मैदानमा ढलेका थिए।

सम्बन्धित सामग्री

प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो ।यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको दुई मिनेटभित्र गोल गरे । अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । उनले फुटबलको

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् । एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत […]

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

मार्काका अनुसार डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा तीन सिजनका लागि अनुबन्धित भएका छन्। एरिक्सनले भने,"म्यानचेस्टर युनाइटेड एक विशेष क्लब हो, म भविष्यको लागि अझ उत्साहित छु ।"

एरिक्सन डेनमार्कको राष्ट्रिय टोलीमा समावेश

एजेन्सी – मिडफिल्डर क्रिस्टियन एरिक्सन युरो २०२० को दौरान ह्रदयघात भएयता पहिलो पटक डेनमार्कको राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए । उनलाई प्रिमियर लिगको […]

डेनमार्कको टोलीमा परे एरिक्सन

१ चैत, काठमाडौं । युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका क्रिस्टियन एरिक्सन त्यसपछि पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् । प्रशिक्षक क्यास्पर हलमन्डले २३ सदस्यीय राष्ट्रिय टिममा एरिक्सनलाई पनि समावेश गरेका छन् । डेनमार्कले मार्च २६ गते आम्सटर्डममा नेदरल्याण्ड्ससंग खेल्नेछ भने मार्च २९ मा सर्वियासंग घरेलु मैदानमा खेल्नेछ । एरिक्सन गत वर्ष युरोकपमा फिनल्याण्ड […]

मैदानमा फर्किए एरिक्सन

शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए । गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् ।  ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका

क्रिष्टियन एरिक्सन मैदान फर्किए, गोलका लागि सहयोग गरे

कार्डिक अरेस्टका कारण लामो समय मैदान बाहिर रहेका क्रिष्टियन एरिक्सन खेलमा फर्किएका छन् । उनले सोमबार मैत्रिपूर्ण फुटबल खेलमा एक घण्टा खेलेका हुन् । ब्रेन्टफोर्डका उनले साउथण्ड युनाइटेड एक्सआईसँगको खेलमा प्रतिस्पर्धा गरेका हुन् । युराेकपको क्रममा फिनल्याण्डसँगको खेल हुँदै गर्दा एरिक्सन कार्डिक अरेस्टका कारण मैदानमा लडेका थिए । त्यसयता मैदान बाहिर रहेका उनी सोमबार खेलेका […]

एरिक्सन इन्टर मिलानमा फर्किए

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत खेलका दौरान हृदयघात भएपछि उपचार र त्यसपछि विश्राम लिँदै मैदानबाहिर थिए । उनी उक्त घटनापछि पहिलो पटक आफ्नो क्लब इन्टर मिलान फर्किएका छन् । बुधबार क्लब पुगेका उनले आवश्यक स्वास्थ्य परिक्षण गराएका थिए । क्लबका अनुसार उनी शारीरिक र मानसिक रुपमा फिट छन् । तर […]

जब डेनमार्कका एरिक्सन मैदानमा नै बेहाेस भए ..

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो । उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ । ...

होसमा आए एरिक्सन

काठमाडाैं : डेनमार्क र फिनल्याण्डबीच जारी खेलमा एक्कासि मैदानमा ढलेका मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन्।यूईएफएले एरिक्सन होसमा आएको र अस्पताल लागिएको जानकारी दिएको हो। यूईएफएले केही बेरअघि मात्र एरिक्सनको अवस्थाबारे जानकारी दिँदै होसमा आएको जनाएको छ।उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा लागिएको युइएफएले जानकारी दिएको छ।