शेखर समूहको रणनीतिक दबाबका कारण चुनाव गर्न ‘यूटर्न’ भए देउवा

आगामी २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार प्रधानमन्त्री देउवा र आयोगसँगको छलफलमा जेठ ४ गते चुनाव गर्ने सहमति भएको हो ।  निर्वाचन आयोगसमेत सहमत भएपछि अब मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । ढिलोमा बिहीवारसम्ममा चुनावको मिति घोषणा हुने बालुवाटार स्रोतले जनाएको छ ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा जेठमा चुनाव गर्न राजी हुनुमा कांग्रेसभित्रको शक्ति समीकरण हाबी भएको विश्लेषण गर्न थालिएको छ...

सम्बन्धित सामग्री

देउवा पत्नी आरजु राणाको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियालगायतका क्षेत्रबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा थियो । उनले पनि कैलाली–५ बाट चुनाव लड्ने तयारी गरेकी थिईन् । पार्टीले भने उनीसहित […]

देउवा मंसिरमा चुनाव गर्न बढ्दा प्रचण्ड र माधव नेपाल फागुनसम्म सार्ने पक्षमा

काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]

संसदको चुनाव कहिले नहारेका देउवा र गच्छेदारको यसपाली के होला

काठमाडौं, ९ साउन । नेपालको राजनीतिमा ६ पटक संसदको निर्वाचन जित्ने दुईमात्र नेता छन् । उनीहरु हुन् शेरबहादुर देउवा र विजयकुमार गच्छेदार । दुवै हाल नेपाली काँग्रेसका हुन् । देउवाले २०४८ सालयता डडेलधुराबाट प्रत्यक्षतर्फ चुनाव जित्दै आएका छन् । उनले एकपटक डडेलधुरा र कैलालीबाट पनि चुनाव जितेका थिए । विजयकुमार गच्छेदारले सुनसरीबाट चुनाव जित्दै आएका […]

जेठ या मंसिरमा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देउवा

काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् । देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा प्रधानमन्त्री रहेको खुलाएका हुन् । देउवाले गठबन्धनको आजको बैठकमा पनि निर्वाचन सम्बन्धी ऐन […]

देउवा र नेपालको भयले धकेलिंदैछ स्थानीय चुनाव

स्थानीय तहको चुनाव कांग्रेसले जितेपछि कम्युनिष्टहरु फेरि मिलेर २०७४ को हालतमा पुर्‍याउन सक्छन् भन्ने भयले देउवा प्रतिनिधिसभा चुनावअघि स्थानीय तहको चुनाव गराउन चाहँदैनन् । माधव नेपाललाई आफैंले टेकेको धरातल बलियो लागेकै छैन । प्रचण्ड रनभुल्लमा छन् ।

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै सभापति देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् । देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले रातोपाटीलाई जानकारी दिए । काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

देउवा वैशाखमा चुनाव गर्ने बाटोमा

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा बढेका छन् । जतिसक्दो छिटो चुनाव गरेर अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सकिने भन्दै देउवाले भित्री तयारी समेत गरेका छन् । चुनावको पक्षमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि छन् । उनले मध्यावधि चुनावका लागि दुई पटक संसद विघटन गरेका […]

देउवा सरकारको प्राथमिकता पनि चुनाव नै देखियोः एमाले नेता पोखरेल

काठमाडौं। एमाले नेता शंकर पोखरेलले देउवा नेतृत्वको सरकारको प्राथमिकता पनि चुनाव नै रहेको टिप्पणी गरेका छन्। विश्वासको मत पाउने निश्चित नभएका देउवाले चुनावी सरकारको नेतृत्व गर्न मात्रै प्रधानमन्त्री बनेको उनले आरोप लगाएका हुन्। सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो।’