कांग्रेस नेतृत्वको दुईथरि दाबी : देउवा भन्छन् -चुनाव हुन्छ, हुन्छ, पौडेल भन्छन् -हुनेवाला छैन

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको मतभेद पुनः सतहमा देखिएको छ। शुक्रबार दुई नेताले फरक-फरक कार्यक्रममा फरक दाबी पेस गरे। नुवाकोट पुगेर देउवाले जसरी पनि चुनाव हुनेमा जोड दिए भने धरान पुगेर पौडेलले यो चुनाव हुनै नसक्ने ठोकुवा गरे। देउवा चुनाव हुनेमा यति विश्वस्त देखिए…